default_image

7 years ago

November 22, 2018

टी-१० को डेब्युमै सन्दीप ‘म्यान अफ द म्याच’

113 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – युवा स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेपछि टी-१० लिग अन्तर्गत केराला नाइट्सले पख्तुन्सलाई ८ विकेटले पराजित गरेको छ । सन्दीपले २ ओभरमा ३ विकेट लिएपछि खेलको म्यान अफ द म्याच पनि भए ।

टस जितेर फिल्डीङ गर्ने निर्णय गरेको केरालाको लागि सन्दीपले २ ओभरमा १७ रन खर्चंदै ३ विकेट लिए । उनको प्रदर्शनका बाबजुद पख्तुन्सले १० ओभरमा ५ विकेट गुमाउँदै १ सय ९ रन जोडेको थियो । उनले आक्रामक देखिएका आन्द्रे फ्लेचर र कोलिन इन्ग्रामलाई पहिलो ओभर र मुहमद कालिमलाई दोस्रो ओभरमा पेभेलियन फर्काए ।

पख्तुन्सका लागि फ्लेचरले १४ बलमा ३ चौका र २ छक्कासँगै ३२ रन जोडे । क्यामरन डेलपोर्ट १५ बलमा २८ मा नटआउट रहँदा लिआम डसनले ११ बलमा २५ रनको योगदान दिए । केरलाका अन्य बलरले विकेट लिन सकेनन् । च्याडविक वाल्टन र डसन रनआउट भएका थिए ।

जवाफमा केरलाले आठौँ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । ओपनर क्रिस गेल १३ रनमा आउट भए । पल स्टरलिङले १४ बलमा ३ चौका र ४ छक्कासहित ४० रन जोडे । कप्तान ओइन मोर्गन २० बलमा २ चौका र ५ छक्का प्रहार गर्दा ४६ रनमा नटआउट रहे । काइरण पोलार्ड पनि ६ बलमा ११ रन जोड्दै क्रिजमा रहे ।

सन्दीप सम्मिलित केरालाले बिहीबार नै दोस्रो खेल खेल्दैछ । नेपाली समयअनुसार ७:३० मा हुने खेलमा टोलीले सिन्धिजको सामना गर्नेछ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.