default_image

7 years ago

November 23, 2018

नेक्सस र ग्रेटर हिमालयको विजयी शुरुवात

111 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आयोजक नेक्सस क्रिकेट एकेडेमी र ग्रेटर हिमालय क्रिकेट एकेडेमीले राजधानीमा आजबाट शुरु भएको मिलानो नेक्सस कप यु–१६ क्रिकेट प्रतियोगितामा विजयी शुरुवात गरेको छ ।


काठमाडौको मुलपानी क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा नेक्ससले स्याङ्जा क्रिकेट क्लबलाई र ग्रेटर हिमालयले नेक्सस ‘बी’ लाई पराजित गर्दै विजयी शुरुवात गरेको हो ।

नेक्ससले स्याङ्जामाथि ८ विकेटको जित निकालेको हो । टस जितेर स्याङजा लाई ब्याटिङ निम्तो दिएको नेक्ससका बलर हरु चम्कदा स्याङजा क्रिकेट एकेडेमीका ब्याट्सम्यान न्युन स्कोरमै समेटिएका थिए । स्याङ्जाले १४ ओभर २ बलमा सबै विकेट गुमााएर ६९ रनमात्रै जोडेको थियो ।

स्याङ्जाका किरण भट्टराईले १३ रन, सुजन गौतम र सरोज अर्यालले समान १० रन बनाउनदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । नेक्ससका आशिष सुनुवार ३ ओभरमा ९ रन खर्चदै ३ विकेट लिए । क्रिस कार्की २ तथा गोबिन्द बिष्ट र बिशाल केसीले समान १ विकेट लिए ।

७० रनको झिनो लक्ष्य नेक्ससले २ विकेट गुमाएर ९ ओभर २ बलमै लक्ष्य भेट्टायो । नेक्ससका बिशाल केसी र विपीन बिक्रम शाहीले समान २२ रन जोडे । स्याङ्जाका स्वप्निल लम्सालले १ विकेट लिए । नेक्ससका आशिष सुनुवार खेलको म्यान अफ दि म्याच घोषित भए ।

शुक्रबारै भएको दोस्रो खेलमा ग्रेटर हिमालयले आयोजक नेक्सस बी लाई १० विकेटले हराएको छ । टस जितेर ब्याटिङमा उत्रेको नेक्सस ‘बी’ ले १६ ओभरमा ४१ रन मात्र बनाएको थियो । उसका लागि मिकेश ओझाले १३ रन बनाउदा अरु कुनैपनि ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेन । ग्रेटर हिमालयका दिपक बोहाराले ३ विकेट लिन सफल भए । अमित अर्यालले २ विकेट लिए ।

४२ रनको बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको हिमालयनका दिपक बोहोराले ३२ रन बनाउदा ३ ओभरमै खेल समाप्त भएको थियो । हिमालयनका दिपक बोहोरा म्यान अफ दि म्याच घोषित भएका थिए ।
प्रतियोगिताको कागेश्वरी मनोहरा नगरपालिकाका प्रमुख कृष्णहरि थापाले उद्घाटन गरेको थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.