default_image

7 years ago

November 24, 2018

च्यारिटी खेलमा जोन्टी ११ ले पारस ११ लाई हरायो

109 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका पूर्व क्रिकेटर एवं मुम्बई इन्डियन्सका पूर्व प्रशिक्षक जोन्टी रोड्सको कप्तानीमा रहेको जोन्टी ११ ले शनिबार टीयू मैदानमा भएको च्यारिटी खेलमा पारस ११ लाई १ विकेटले पराजित गरेको छ

पहिलो ब्याटिङ गरेको पारस ११ ले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ९ रनको योगफल खडा गरेको थियो । जवाफमा जोन्टी ११ ले अन्तिम ओभरमा ९ विकेट गुमाउँदै लक्ष्य प्राप्त गर्यो । पारस ११ टोलीमा कप्तान पारस खड्कासँगै चिर परिचित कमेडीयन सन्दीप क्षेत्री पनि खेलेका थिए । सन्दीपले खेलमा बलिङ, ब्याटिङ र फिल्डीङ तीनै पक्षमा रमाइलो प्रदर्शन गरेका थिए । पारसको टोलीबाट राष्ट्रिय टोलीका विनोद भण्डारी, आरिफ शेख, आसिफ शेख, ललित सिंह भण्डारी, कमल सिंह ऐरी, लगायतका खेलाडी खेलेका थिए ।

जोन्टी ११ बाट कप्तान रोड्ससँगै अभिनेता सुनील थापा, प्रशिक्षक मन्जुर आलम खान, दीपेन्द्र चौधरी, राष्ट्रिय टोलीका अनिल कुमार साह, सुवास खकुरेल, लगायत आयोजक टोलीका सदस्यले प्रतिस्पर्धा गरेका थिए । रोड्स ‘राइज अफ द क्रिकेटिङ’ हाइ पर्फर्मेन्स क्याम्पका लागि पछिल्लो दुई सातादेखि नेपालमा छन् । कार्यक्रमको नेपाल क्रिकेट स्कुल (एनसीएस) र स्पोर्ट्स एडले संयुक्त रुपमा आयोजना गरेका हुन् ।

दुई साता लामो बसाईमा रोड्सले उमेर समूहको राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका युवा क्रिकेटर तथा खुला आवेदनमार्फत दर्ता भएकालाई प्रशिक्षण दिइरहेका छन् । आयोजकले शनिबार विश्व अटिजम दिवसको अवसरमा च्यारिटी खेलको आयोजना गर्ने कार्यक्रम राखेको छ । अटिजम केयर नेपाल सोसाइटीको कास्की जिल्ला च्याप्टरको सहयोगार्थ भएको खेलमा दर्शकहरुको लागि भने प्रवेश नि:शुल्क रहेको थियो ।

खेलको केहि तस्बिरहरु :

खेलको अन्य तस्बिरहरु हेर्न यहाँ थिच्नुहोस्

https://www.facebook.com/media/set/?set=a.1766655513444109&type=3&uploaded=103

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.