7 years ago
November 24, 2018
एजेन्सी – बंगलदेश टेस्ट क्रिकेट टोलीका कप्तान सकिब अल हसनले नयाँ विश्व रेकर्ड बनाएका छन् । वेस्ट इन्डिजसँगको पहिलो टेस्टमा ५ विकेट लिंदै उनले नयाँ रकेर्ड कायम गरेका हुन् । सकिबको नयाँ कीर्तिमानसँगै बंगलादेश पहिलो टेस्टमा ६४ रनले विजयी भएको छ ।

सकिबले पहिलो इनिङ्समा ३ तथा दोस्रो २ विकेट लिदै नयाँ रेकर्ड आफ्नो नाममा राखे । उनी मात्र ५४ टेस्ट क्रिकेटमा २०० विकेट र ३००० हजार रन सर्वाधिक छिटो पुरा गर्ने खेलाडी बने । यस अघि इङ्ल्यान्डका इयान बोथमले ५५ र भारततीय पुर्व क्रिकेटर कपिल देवले ७३ टेस्ट खेलमा यो रेकर्ड पुरा गरेका थिए ।
बंगलादेशको घरेलु मैदान चिटगोङमा शनिबार सम्पन्न खेलमा २ सय ४ रनको लक्ष्य पछ्याएको पाहुना टोली वेस्ट इण्डिजले १ सय २५ रन मात्र बनाउन सक्यो । उसका लागि सुनिल एम्ब्रिसले सर्वाधिक ४३ रन बनाए । बंगलादेशको जितमा इस्लाम तैजुलले ३३ रन खर्चिएर ६ विकेट लिए । बंगलादेशले पहिलो इनिङ्समा ३ सय २४ रन बनाउँदा वेस्ट इन्डिजले २ सय ४६ रन बनाउदै ७८ रनलेपछि परेको थियो ।
दोस्रो इनिङ्समा बंगलादेशलाई १ सय २५ रनमै अल आउट गरेको इन्डिजले सम्रगमा जितको लागि २ सय ४ रनको लक्ष्य पाएको थियो । तर तेस्रो दिनमै शनिबार १ सय ३९ रनमा समेटिएपछि ६४ रनले पराजित भएको हो । दोस्रो टेस्ट नोभेम्बर ३० देखी सुरु हुने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]