default_image

7 years ago

November 24, 2018

‘विराटभन्दा धोनीनै सफल र सर्वोत्कृष्ट कप्तान’ – अफ्रिदी

120 views

0 Bookmark

एजेन्सी – पाकिस्तानका पुर्व कप्तान तथा विष्फोटक ब्याटम्यान शाहिद अफ्रिदीले विराटले कप्तानी गुण अझै सिक्न आवश्यक रहेको बताएका छन् ।

भारतीय क्रिकेट टोली अहिले अस्ट्रेलिया भ्रमणमा रहेको छ । भारत समान तीन वान डे,टी-२० र चार टेस्टको लागि अस्ट्रेलिया भ्रमणमा रहेको हो । यसैक्रममा एनडीटिभीसँग कुरा गर्दै अफ्रिदिले यस्तो अभिव्यक्ति दिएका हुन् । उनले भनेका छन्, ‘खेलाडीको रुपमा विराट राम्रा खेलाडी हुन् तर कप्तानको रुपमा उनले धेरै सिक्न आवश्यक छ । मेरा लागि विराट भन्दै धोनी नै सर्वोउत्कृष्ट र सफल कप्तान हुन् ।’

यस पटक टी-२० र वान डे टोलीमा विकेट किपर तथा पुर्व कप्तान महेन्द्र सिंह धोनीलाई टोलीमा समावेश गरिएको छैन । ढल्किदो उमेरसँगै खस्किदो प्रर्दशनको कारण धोनीलाई भारतीय टिम छनौटकर्ताले बाहिर राखेका हुन् । टेस्टबाट धोनीले सन्न्यास लिई सकेका छन् । भारतले अस्ट्रेलियासँग सुरुबाती दुई-टी २० खेल खेलि सकेको छ । पहिलो खेलमा ४ रनले पराजित हुँदा दोस्रो खेल वर्षाले रद्द भयो ।

बल टेम्परिङ काण्डका कारण स्टिभ स्मिथ र डेविड वार्नर जस्ता मुख्य खेलाडी नहुँदा ४० वर्ष यताकै खराव प्रर्दशन गरि रहेको अस्ट्रेलियासँग पहिलो खेलमा पराजित भएसँगै विराट कोहलीको कप्तानीमाथि प्रश्न उठ्न थालेको छ । भारतले तेस्रो तथा अन्तिम टी-२० खेल आइतबार खेल्ने छ । दोस्रो खेल वर्षाको कारण रद्द भएसँगै भारतले अव टी-२० श्रृंखला जित्न सक्ने छैन । अन्तिम खेलमा पराजित भए २-o ले गुमाउने छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.