7 years ago
November 25, 2018
वेस्ट इन्डिज (एजेन्सी ) – इङ्ल्यान्डलाई पराजित गर्दै अष्ट्रेलिया महिला टी-२० विश्वकप च्याम्पियन भएको छ । अाइतबार विहान वेस्ट इन्डिजमा सम्पन्न फाइनलमा अष्ट्रेलिया ८ विकेटले विजयी रहयो ।

जितको लागि १ सय ६ रनको सामान्य लक्ष्य पक्ष्याएको अस्ट्रेलियाले १५.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य सहजै पुरा गरेको हो । अस्ट्रेलियालाई सहज जित दिलाउन कप्तान मेग लनिङगले २८ र एशले गार्डनर ३३ रनमा नट आउट रहे ।
ओपनरएलिस हिली २२ र बेथ मूनीले १४ रन जोडे । डेनियल हैज़ेल र सोफी एक्लेस्टोनले एक एक विकेट लिए पनि त्यो विश्वकपको उपाधि जित्न प्रयाप्त रहेन ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको इङ्ल्यान्डले अस्ट्रेलियाको घातक बलिङ सामु १९.४ ओभरमा अल आउट हुदैँ मात्र १ सय ५ रन बनाउन सक्यो । इङ्ल्यान्डका लागि ड्यानियल वेटले ४३ र हिथर क्लियरले २५ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले दोहोरो अंक रन छुन सकेनन् ।
अस्ट्रेलियाका गार्डनरले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिइन् । त्यस्तै मेगन शत्त र जॉर्जिया वेरहमले समान दुई विकेट हात पारिन ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]