7 years ago
November 25, 2018
काठमाडौं (हाम्रो खेलकुद) – दक्षिण अफ्रिकाका ओपनर रिचर्ड लेवी मंसिर २२ देखी सुरु हुने तेस्रो संकरणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा पोखरा राइनोजबाट खेल्ने भएका छन् ।

पोखरा राइनोजले तेस्रो विदेशी खेलाडीको रुपमा रिचर्डलाई भित्र्याएको जनाएको छ । यसअघि पोखराले इङ्ल्यान्डका अलराउण्डर पाउल कोग्लिन र स्कटल्यान्डका कप्तान काइल कोट्जरलाई अनुबन्ध गरिसकेको छ । त्यस्तै पोखराले पहिलो पटक ईपीएलमा विदेशी कोचका रुपमा अस्ट्रेलियन कोच नाथन डोडलाई प्रमुख प्रशिक्षकमा नियुक्त पनि गरिसकेको छ ।
रिचर्ड लेवीले अफ्रिकाबाट १३ टी-२०, १०० प्रथम श्रेणी र १ सय ३० लिष्ट ए खेल खेलेका छन् । त्यस्तै आईपीएलमा मुम्बई इन्डियनबाट खेलेको पनि अनुभव रहेको छ । लेवीले १३ टी-२० खेलमा समान एक शतक र अर्धशतक सहित कुल २ सय ३६ रन बनाएका छन् ।
लेवीले न्युजिल्यान्डविरुद्ध सन् २०१२ मा १ सय १७ रन शानदार पारी खेलेका थिए । उक्त स्कोर त्यस समय अन्तर्राष्ट्रिय टी-२० मा सर्वाधिक स्कोर पनि थियो । उक्त खेलमा लेवी र एबी डे भिलियर्सले तेस्रो विकेटका लागि नटआउट १ सय ३३ रनको साझेदारी गर्दै जित दिलाएका थिए । भिलियर्सले उक्त खेलमा ३६ बलमा नटआउट ३९ रन प्रहार गरेका थिए । लेवीले भने ५१ बलमा ५ चौका र ३ छक्का प्रहार गरेका थिए ।
आक्रमक ब्याट्सम्यान रिचर्डको स्टाइक रेट १४१.३१ रहेको छ । उनले यसक्रममा २० चौका र १५ छक्का प्रहार गरेका छन् । प्रथम श्रेणीमा उनले १० शतक र ३१ अर्धशतकसहित कुल ५५४४ रन बनाएका छन् ।

शक्ति गौचनले नेतृत्वको पोखरा टीममा विनोद भण्डारी, विक्रम सोब, विपिन खत्री, किशोर महतो, राजेश पुलामी मगर, सुनिल धमला, शौरभ खनाल, सुशन भारी र देव शाह रहेका छन् । पछिल्लो संस्करणमा टोलीमा रहेका सन्तोष भट्ट र नुरध्वज सेनको स्थानमा यसपटक नन्दन यादव र सुवेन्दु पाण्डे टोलीमा आएका छन् ।
ईपीलमा बिराटनगर वारियर्स,ललितपुर प्याट्रियट्स,भैरहवा ग्लाडियटर्स, चितवन टाइगर्स,पोखरा राईनोज, र काठमाडौं किंग्स ११ गरि ६ शहरका ६ टिम रहेका छन् । पोखराले पहिलो खेल शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्लाडियटर्ससँग खेल्दै प्रतियोगितामा सुरुवात गर्ने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]