default_image

7 years ago

November 25, 2018

राजपुत्सविरुद्ध सन्दीपको मिश्रित प्रदर्शन

102 views

0 Bookmark

एजेन्सी – युएईमा जारी टी-१० लिगमा आइतबार जारी खेलमा केराला नाइट्स र राजपुत्सबीच खेल भइरहेको छ । केरालाका लागि नेपाली युवा बलर सन्दीप लामिछानेले मिश्रित प्रदर्शन गरेका छन् ।

वर्षाले खेल रोकिनुअघि पहिलो ब्याटिङ गरेको राजपुत्सले ९ ओभरमा ५ विकेट गुमाउँदै ९४ रन जोडेको छ । लौरी एभान्सले आक्रामक ब्याटिङ गर्दै १९ बलमा नटआउट ३८ रन जोडेपछि राजपुत्सले राम्रो स्कोर खडा गर्यो  । राजपुत्सका लागि कप्तान ब्रेन्डन मक्कुलमले १२ बलमा २१ रन जोडे ।

तेस्रो नम्बरमा आएका रुसोले ११ बलमा २१ रनको योगदान दिए । ओपनर मोहमद सहजाद र क्रेग ब्रेथवेटले १-१ रन मात्र जोडे । बेन डंक ८ रनमा आउट भए । केरालाका लागि सन्दीप लामिछाने र फाबियान एलेनले २-२ विकेट लिए । मोहमद नविदले पनि १ विकेट हात पारे ।

टस जितेर फिल्डीङ रोजेको केरालाका लागि सन्दीपले पहिलो ओभर नै बलिङ गर्ने जिम्मेवारी पाएका थिए । उनले राजपुत्सका आक्रामक ओपनर ब्रेन्डन मक्कुलम र मोहमद सहजादविरुद्ध पहिलो ओभर फ्याँकेका थिए । पहिलो ओभरमा उनले विष्फोटक ब्याट्सम्यान मोहमद सहजादको विकेट हात पारेका थिए ।

पहिलो बलमा सहजादले १ रन लिए भने त्यसपछि लगातार दुई बल मक्कुलमले डट बल खाए । त्यसपछि चौथो बलमा मक्कुलम इनसाइड एज लाग्दै एक रन लिन सफल रहेका थिए । चौथो बलमा सहजाद लामो सट प्रहार गर्ने धुनमा लङ अफमा वायन पारनेलको हातबाट समातिए । त्यसपछि क्रिजमा आएका राइली रुसोले पहिलो बलमा नै आक्रामक सट खेल्दा एज लाग्दै चौका भएको थियो । सन्दीपले पहिलो ओभरमा ६ रन खर्चेर १ विकेट लिए ।

सन्दीप केरालाको सातौं ओभरमा बलिङमा फर्केका थिए । उनलाई लौरी एभान्सले सुरुवाती दुई बलमा लगातार छक्का प्रहार गरे । तेस्रो बलमा एभान्सले एक रन लिएपछि चौथो बलमा सन्दीपले क्रेग ब्रेथवेटलाई आउट गरे । ब्रेथवेट लङ अनमा काइरान पोलार्डको हातबाट समातिए । उनले बेन डंकलाई पाँचौ बलमा डट फ्याँके भने अन्तिम बलमा पारनेलले मिस्फिल्ड गरेपछि चौका खाए ।

समग्रमा सन्दीपले २ ओभरमा २३ रन खर्चेर २ विकेट हात पारे । यस प्रदर्शनसँगै सन्दीपको प्रतियोगितामा ३ खेलमा ६ विकेट भएको छ । उनी सर्वाधिक विकेट लिने सुचीको शीर्षस्थानमा प्रवीन ताम्बेसँगै रहेका छन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.