7 years ago
November 26, 2018
यूएई (एजेन्सी) – यूएईमा जारी टी–१० लिगमा सन्दीप लामिछाने रहेको टिम केरला किंग्सले आफ्नो चौथो खेलमा आज पञ्जावी लिजेन्ड्ससँग खेल्दै छ । खेल नेपाली समय अनुसार राती १० : ३० शारजाह क्रिकेट मैदान सुरु हुने छ ।

समूह ‘ए ‘मा रहेको केरलाले ३ खेलमा १ मा जित, एकमा हारका साथ ३ अंक जोड्दै तेस्रो स्थानमा रहेको छ । तेस्रो खेलमा राजपुत्सँग वर्षाको कारण रद्द भएको थियो । पहिलो खेलमा पख्तुन्सलाई ८ विकेटले पराजित गर्दा दोस्रो खेलमा सिन्धिससँग ९ विकेटको पराजित भएको थियो ।
त्यस्तै ग्रुप ‘बी’ मा रहेको पञ्जावी लिजेन्ड्सले ३ खेलमा २ मा हार र १ का जितका साथ अंक तालिकाको पुछारमा रहेको छ । पञ्जावी लिजेन्ड्समा न्युजिल्यान्डका ल्यूक रोन्चीले कप्तानी समाल्ने छन् । त्यस्तै इभिन लुइस,मोहम्मद शामी,उमर अकमाल, जाहिर खान, लियम प्लंकेट, क्रिस जोर्डन, मिचेल मकक्लेनाघन जस्ता खेलाडी रहेका छन् ।

सन्दीपको उत्कृष्ट प्रर्दशन
जारी टी–१० लिगमा सन्दीपले उत्कृष्ट प्रर्दशन गरि रहेका छन् । पहिलो खेलमा पख्तुन्सविरुद्ध २ ओभरमा ३ विकेट लिदैँ ‘म्यान अफ द म्याच’ चुनिएका सन्दीपले दोस्रो खेलमा सिन्धिसविरुद्ध २ ओभरमा १४ रन खर्चेर १ विकेट हात पारे । त्यस्तै तेस्रो खेलमा राजपुत्सबीरुद्ध २ ओभरमा २३ रन खर्चेर २ विकेट हात पारे ।
सन्दीप सर्वाधिक विकेट लिने बलरमा दोस्रो स्थानमा रहेका छन् । पहिलो स्थानमा सन्धिसका प्रवीन ताम्बेले २ खेलमा ६ विकेट लिँदै शीर्षस्थानमा रहेका छन् । सन्दीपको पनि ३ खेलमा ६ विकेट रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]