default_image

7 years ago

November 26, 2018

चौथो खेलमा सन्दीप महँगो साबित

129 views

0 Bookmark

यूएई (एजेन्सी) –  यूएईमा जारी टी–१० लिगमा पछिल्लो तीन खेलमा राम्रो प्रदर्शन गरेका नेपाली यूवा स्पिनर सन्दीप लामिछानेले चौथो खेलमा भने विकेट लिन सकेनन्। 

Sandeep Lamichhane

पञ्जावी लिजेन्ड्सविरुद्धको खेलमा आफ्नो दुइ ओभर गर्दै सन्दीपले २८ रन खर्चेका छन्। दोस्रो ओभरमा सन्दीपले उमर अकमललाई बलिङ्ग गरेका थिए। उनको पहिलो बलमा छक्का प्रहार गरेका अकमलले त्यसै ओभरमा तीन चौका पनि प्रहार गरे। छैठौ ओभरमा व्यक्तिगत दोस्रो ओभर गरेका सन्दीपले दुइ चौकाको सामना गरे। पहिलो खेलमा तीन, दोस्रोमा एक तथा पछिल्लो खेलमा दुई विकेट लिएका सन्दीपले आज भने विकेट लिन सकेनन्।

सन्दीपको टोली करेला नाइट्सले टस जितेर बलिङ्ग गर्ने निर्णय गरेको थियो। निर्धारित १० ओभरमा पन्जाबले ५ विकेट गुमाउँदै १ सय ७ रन बनायो। अकमलले सर्वाधिक ३० रन जोडे।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.