7 years ago
November 27, 2018
दुवई (एजेन्सी) – पाकिस्तानका लेग स्पिनर याशिर शाहले कीर्तिमानी घातक बलिङ गर्दै १४ विकेट लिएपछि पाकिस्तानसँगको दोस्रो टेस्ट खेलमा न्युजिल्यान्ड १६ रनको इनिङ्स अन्तरले पराजित भएको छ । पाकिस्तानको जितसँगै तीन टेस्ट श्रृंखला १–१ को बराबरीमा पुगेको छ ।

चौथो दिन मंगलबार न्युजिल्यान्ड ११२.५ ओभरमा आउट हुँदै ३ सय १२ रनमा समेटियो । पहिलो इनिङ्समा न्युजिल्यान्ड ९० रनमै अल आउट भएपछि पुन ब्याटिङ गर्नुपरेको थियो । पहिलो इनिङ्समा न्युजिल्यान्डका ६ ब्याटम्यानले खाता सम्म खोल्न सकेका थिएनन् ।
दोस्रो इनिङ्समा न्युजिल्यान्डका रोस टेलरले १ सय २८ बलको सामना गर्दै ७ चौका र १ छक्का प्रहार गरि ८२ रन बनाए । हेनरी निकोल्स ७७,टम लेथमले ५० र कप्तान केन विलियम्सनले ३० रन बनाउन बाहेक अन्य कुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । कीर्तिमानी बलिङ गरेका शाहले पहिलो इनिङ्समा १२.३ ओभरमा ४१ रन खर्चेर ८ विकेट हातपार्दा दोस्रो इनिङ्समा ४४.५ ओभरमा १ सय ४३ रन खर्चेर ६ विकेट लिए । सम्रगमा उनले नाममा १४ विकेट रह्यो ।
शाह न्युजिल्यान्डविरुद्ध एकै टेस्ट खेलमा १४ विकेट लिने पाकिस्तानका पहिलो बलर हुन् । पाकिस्तानबाट एकै टेस्ट खेलमा १४ विकेट लिने दोस्रो बलर पनि बने। त्यस्तै सोमबार शाहले १० विकेट लिँदै एकै दिन पाकिस्तानबाट सर्वाधिक विकेट लिने बलरको कीर्तिमान पनि आफ्नो नाममा लेखाए ।

त्यसअघि बाबर अजाम र हरिस सोहलेको उत्कृष्ट शतकमा पाकिस्तानले ५ विकेटको क्षतिमा ४ सय १८ रन गुमाएको अवस्थामा पहिलो इनिङ्स समाप्तीको घोषणा गरेको थियो । बाबरले २ सय ६३ बलमा १२ चौका र २ छक्का प्रहार गर्दै १ सय २७ रनमा नट आउट रहे । त्यस्तै हरिस ४ सय २१ बलमा १३ चौका प्रहार गर्दै १ सय ४७ रन बनाए ।
अजहर अलीले ८१ रन जोडेपछि पाकिस्तान बलियो अवस्थामा पुगेको थियो । न्यजिल्यान्डका कोलिन डी ग्राण्डहोमले २, ट्रेन्ट बोल्ट र अजाज पटेलले समान एक-एक विकेट हात पारेका थिए । पहिलो टेस्ट खेलमा पाकिस्तान ४ रनले पराजित भएको थियो । तेस्रो तेस्ट आगमी डिसेम्बर ३ देखी आवु धाबीमा सुरु हुने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]