7 years ago
November 28, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने यतिबेला यूएईमा जारी टी-१० लिगमा व्यस्त छन् । उनले मंसिर २२ देखि सुरु हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा ललितपुर प्याट्रियट्सको प्रतिनिधित्व गर्नेछन् ।

तर अष्ट्रेलियाको बिग ब्यास लिगमा सहभागिता जनाउन सन्दीपले ईपीएलको सुरुवाती दुई खेलमात्र खेल्ने भएका छन् । ललितपुर प्याट्रियट्सका अध्यक्ष किशोर महर्जनले बुधबार अायोजित पत्रकार सम्मेलनमा यसबारे पुष्टि गरेका हुन् । सन्दीपले मंसिर २२ मा विराटनगर वारियर्स र मंसिर २३ मा चितवन टाइगर्स विरुद्ध खेल्नेछन् ।
सन्दीप दोस्रो खेल खेलेपछि बिग ब्यासमा मेलबर्न स्टार्सबाट खेल्न अष्ट्रेलिया लाग्नेछन् । उनले त्यहाँपनि केहि खेल खेलेर बंगलादेश प्रिमियर लिगमा सहभागिता जनाउन बंगलादेश प्रस्थान गर्ने कार्यक्रम रहेको छ । उनले त्यहाँ सिल्हेट सिक्सर्सबाट खेल्नेछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]