7 years ago
November 29, 2018
एजेन्सी – यूएईमा जारी टी–१० लिग नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सम्मेलित टोली केरला किंग्स पाँचौ खेलमा पनि पराजित भएको छ । आज भएको पाँचौ खेलमा नर्थन वारियर्ससँग ८ विकेटले पराजित भएको छ ।

सन्दीपले बलिङमा खराब प्रदर्शन गरेिग केरालाले प्रस्तुत गरेको १ सय २ रनको लक्ष्य वारियर्सले ७.२ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्दै सहज जित हासिल गरेको हो । वारियर्सको सहज जितमा निकोल्स पूरन र आन्दे रुसेलले आक्रमक ब्याटिङ गरे । पुरनले १८ बलमा ५ छक्का र २ चौका प्रहार ४३ रनमा नट आउट रहे । आन्द्रे रुसेल १० बलमा ४ छक्का प्रहार गर्दै २९ रनमा नट आउट रहे ।
सन्दीपले पाँचौ खेलमा खराब प्रर्दशन गरे । आफ्नो पहिलो स्पेल लिएर चौथो ओभरमा बलिङ गर्न आएका सन्दीपलाई निकोल्स पूरनले उक्त ओभरमा ३ छक्का प्रहार गरे । उनले पहिलो अोभरमा २२ रन खर्चे । खराब सुरुवात पाएका सन्दीप दोस्रो अोभरमा झनै महँगो सावित भए ।
आफ्नो दोस्रो स्पेल लिएर आएका सन्दीपलाई रसेलले लगातार तीन बलमा तीन छक्का प्रहार गरे । त्यस्तै पाँचौ बलमा पुरनले पनि छक्का प्रहार गरेपछि नर्थनले सहज जित हात पारेको हो । सन्दीपले सम्रगमा २ ओभरमा ४७ रन खर्चिए । चौथो खेलमा पनि सन्दीपले पञ्जावी लिजेन्ड्सबीद्ध २ ओभरमा २८ रन खर्चिएका थिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको केरलाले २ विकेटको क्षतिमा १ सय १ बनाउन सक्यो । ओपनर पाउल स्टर्लिङ २८ बलमा ३ चौका र ५ छक्का प्रहार गर्दै ६० रन बनाए । त्यस्तै कप्तान इओन मोर्गिनले १७ र क्रिस गेलले १४ रन जोडे ।
यो हारसँगै केरलाको अघिल्लो चरण अव अंकगणीतिय संभावना मात्र बाँकी रहेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]