7 years ago
November 29, 2018
काठमाडौं (हाम्रो खेलकुद) – सेञ्चुरी र सुबिसु सेन्चुरी बैंक राजधानीमा जारी कर्पोरेट सुपर सिक्स क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा बिहिबार भएको पहिलो क्वाटरफाइनलमा सेञ्चुरीले सनराइज बैंकलाई ६ विकेटले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको सनराइजले ५ ओभरमा ३६ रन जोडेको थियो । सृजन सुवेदी २७ रन जोडे । जवाफी ब्याटिङ गरेको सेन्चुरीले ४ विकेट गुमाएर लक्ष्य पुरा गर्यो । सेञ्चुरीका लागि सुरज तिमल्सिनाको २८ रन बनाए । अब सेन्चुरीले फाइनल प्रवेशका लागि सिप्रिदी र भारतीय राजदुतावासबीचको विजेतासँग खेल्नेछ ।
बिहिबारै भएको अर्काे क्वाटरफाइनलमा सुबिसुले नेपाल टेलिकमलाई २ विकेटले हराएर सेमिफाइनलमा स्थान स्थान बनायो । पहिले ब्याटिङ गरेको नेपाल टेलिकमले ५ ओभरमा २ विकेट गुमाएर ५३ रन जोडेको थियो । जवाफमा सुबिसुले अन्तिम बल बाँकी रहदा लक्ष्य पुरा ग¥यो । रोजन्स श्रेष्ठले ३३ रन जोडे । अब सुबिसुले नेपाल एसबिआई बैंक र एनआइसी एसिया बैंकसँग खेल्नेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]