7 years ago
December 2, 2018
एजेन्सी – वेस्ट इन्डिजसँगको दुई टेस्ट श्रृंखलामा घरेलु टोली बंगलादेशले क्लिन स्विप गरेको छ । अर्थात २ – ० ले जितेको छ । आईतबार सम्पन्न दोस्रो टेस्टमा वेस्ट इन्डिजलाई १ सय ८४ रनको इनिङ्स अन्तरले पराजित गर्दै बंगालादेशले क्लिन स्विप गरेको हो ।

बंगालादेशको जितमा स्पिनर मेहदी हसन मिराजको १२ विकेट लिए । हसनले पहिलो इनिङसमा ७ र दोस्रोमा ५ विकेट हात पारे । शेर बंगला नेशनल स्टेडियममा ५ विकेटको क्षतिमा बनाएको ७५ रनबाट तेस्रो दिनको खेल थालेको वेस्ट इन्डिज पहिलो इनिङसमा १ सय ११ रनमा समेटिएपछि बंगलादेशले पुन ब्याटिङ गर्न दिएको थियो ।
दोस्रो इनिङसमा आइतबारनै ५९.२ ओभरमा अल आउट हुदैँ २ सय १३ रनमा समेटिएपछि बंगलादेश फराकिलो इनिङ्स अन्तरले विजयी भएको हो । वेस्ट इन्डिजका लागि दोस्रो इनिङसमा सिम्रोन हिटम्येरले ९३,शाइ होप २५ र केमर रोच ३७ रनमा नट आउट रहन बाहेक अन्य कुनैपनि ब्याटम्यानले सम्झन योग्य प्रर्दशन गर्न सकेनन् । बंगलादेशले पहिलो इनिङसमा ५ सय ८ रन बनाएको थियो ।
यसअघि भएको पहिलो टेष्ट खेलमा घरेलु टोली बंगलादेशले वेष्ट इन्डिजलाई ६४ रनले पराजित गरेको थियो । अब यी दुई टोलीबीच समान तीन वान डे र टी–२० श्रृंखला हुने छ । पहिलो वान डे खेल आगमी ९ डिसेम्बरमा ढाकामा हुने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]