default_image

7 years ago

December 3, 2018

नर्थन वारियर्सले जित्यो टी-१० लिगको उपाधि

92 views

0 Bookmark

एजेन्सी – यूएईमा आतबार राती शारजाह क्रिकेट मैदानमा सम्पन्न टी-१० लिगको उपाधि नर्थन वारियर्सले जितेको छ । वारियर्सले फाइनलमा पख्तुन्सलाई २२ रनले पराजित गर्दै उपाधि जितेको हो ।

जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याएको पख्तुन्सले ७ विकेटको क्षतिमा मात्र १ सय १८ रन बनाउन सक्यो । पख्तुन्सको लागि आन्द्रे फ्लेचरले १८ बलमा २ चौका र ४ छक्का प्रहार गर्दै ३७ रन बनाए ।

त्यस्तै शफिकउल्लाह २६, कप्तान शाहिद अफ्रिदीले १७ रन बनाए । अन्य कुनै पनि ब्याटम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । नर्थनलाई उपाधि जिताउन क्रिस ग्रीनले घातक बलिङ्ग गरे । उनले २ ओभरमा ११ रन खर्चेर २ विकेट हात पारे । त्यस्तै हार्डसले २, आन्द्रे रसेल र रभी बुपराले समान एक विकेट हात पारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नर्थनले ३ विकेटको क्षतिमा १ सय ४० रन बनाएको थियो । नर्थनलाई विशाल योगफल तयार पार्न रोवमन पावेलले विश्फोटक ब्याटि गरे । उनले मात्र २५ बलमा ८ चौका र ४ छक्का प्रहार गर्दै ६१ रनमा नट आउट रहे । आन्द्रे रसेलले १२ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ३८ रन बनाएपछि नर्थनले विशाल रन बनाएको हो । निकोलस पूरनले पनि १८ रन जोडे ।

पख्तुन्सका लागि शाहिद अफ्रिदी, मोहम्मद इफ्रान र शारफुद्दीन अशरफले समान एक विकेट लिएका थिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.