default_image

7 years ago

December 3, 2018

एकै ओभरमा ६ छक्कासहित दोहोरो शतक (भिडियो )

170 views

0 Bookmark

एजेन्सी – अष्ट्रेलियाका १८ वर्षे ओलिवर डेभिसले घरेलु लिग यू–१९ च्याम्पियनशिपमा ६ बलमा ६ छक्का सहित दोहोरो शतक बनाएका छन् ।

न्यू साउथ वेल्स (एनएसडब्लू) मेट्रोका कप्तान समेत रहेका डेभिसले सोमबार एडिलेडमा भएको खेलमा नर्थन टेरीटोरीविरुद्ध अफ स्पिनर ज्याक जेम्सलाई ४० औँ ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । उनले कुल १ सय १५ बलमा १७ छक्का र १४ चौका प्रहार गर्दै २ सय ७ रनको कीर्तिमानी दोहोरो शतक पुरा गरे ।

अन्तर्राष्ट्रिय क्रिकेटमा भारतीय ओपनर रोहित शर्मा, दक्षिण अफ्रिकाका पुर्व कप्तान एवी डेभिलियर्स र क्रिस गेलले एकै इनिङसमा १६ छक्का प्रहार गरेको कीर्तिमान छ । यस अघि एकै खेलमा यी तीन ब्याट्सम्यानले १६ छक्का प्रहार गरेको रेकर्ड थियो । ७४ बलमा शतक प्रहार गरेका उनले ३९ बलमा अर्को सय रन जोड्दै दोहारो शतक कटाएका हुन् ।

डेभिसको दोहोरो शतकसँगै निर्धारित ५० ओभरमा मेट्रोले ४ विकेटको क्षतिमा ४ सय ६ रन बनाएको थियो । उनलाई अर्का ब्याट्सम्यान स्यामुएल फ्यानीङले १ सय ९ बलमा ९९ रन बनाउँदै साथ दिए । आक्रामक ब्याटिङ गरेका डेभिसले बलिङ गर्दै एक विकेट पनि लिए । नर्थन टेरीटोरी अन्तिम ओभरमा २ सय ३८ रनमा अलआउट भएपछि डेभिसको टोलीले १ सय ६८ रनको जित दर्ता गर्यो ।

भिडियो हेर्नुहोस्:

December 6, 2025

भारतले दक्षिण अफ्रिकाविरुद्धको ओडिआई सिरिज जित्यो

एजेन्सी – भारतले तेस्रो तथा निर्णायक एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट (ओडिआई) मा दक्षिण अफ्रिकालाई ९ विकेटले पराजित गर्दै ३ खेलको सिरिज २–१ ले जितेको छ। २ सय ७१ रनको लक्ष्य पछ्याएको भारतले १० ओभरभन्दा बढी बाँकी छँदै १ खेलाडीको नोक्सानीमा सजिलै जित निकाल्यो। भारतको जितका केन्द्रमा रहे ओपनर यशस्वी जैसवाल । जसले आफ्नो पहिलो ओडिआई शतक […]

December 6, 2025

तेस्रो जितसहित पोखराले एनपिएलको अन्त्य गर्यो

काठमाडौं (हाम्रो खेलकुद)- पोखरा एभेन्जर्सले पाँचौं स्थानमा रहँदै नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको अन्त्य गरेको छ। पोखराले ७ मध्ये तेस्रो जित निकाल्दै एनपिएलको यात्राको अन्त्य गरेको हो। एडम रोसिङ्गटन र अर्जुन कुमालको शतकीय साझेदारीमा पोखराले चितवन राइनोजलाई ८ विकेटको फराकिलो अन्तरमा हरायो। जितको लागि १ सय २१ रनको सामान्य लक्ष्य पोखराले १९.४ ओभरमा पूरा […]

December 6, 2025

पोखरालाई चितवनको सामान्य चुनौती

काठमाडौं (हाम्रो खेलकुद)- दोस्रो संस्करणको ‌नेपाल प्रिमियर लिग (एनपिएल) मा चितवन राइनोजले पोखरा एभेन्जर्सलाई जितको लागि १ सय २१ रनको चुनौती दिएको छ। टस जितेर ब्याटिङ गरेको चितवनले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय २० रन बनायो। जारी एनपिएलमा पहिले ब्याटिङ गरेर बनेको यो सबैभन्दा कम योगफल हो। यसअघि जनकपुरले काठमाडौं गोर्खाजविरुद्ध १ सय […]

Success

Thank you for your time.