7 years ago
December 4, 2018
काठमाडौं (हाम्रो खेलकद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेले क्रिकेटसँगै पढाई पनि अघि बढाउने भएका छन् ।
पछिल्लो समय राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय क्रिकेटमा तहल्का पिटिरहेका सन्दीप मंगलबार बौद्धस्थित जेभियर इन्टरनेसनल कलेजमा पुगेर भर्ना भएका थिए ।
सन्दीपले मानविकी संकाय अन्तरगत बीएसडब्लू (ब्याचलर इन सोसल वर्क) मा भर्ना भएको नेपाली राष्ट्रिय टोलीका टेक्निकल म्यानेजर तथा सन्दीपको व्यवस्थापन हेर्दै आएका रमन शिवाकोटीले जानकारी दिए ।
शिवाकोटीका अनुसार सन्दीपलाई तीन वर्षे कोर्सका लागि पूर्ण छात्रवृत्ति प्रदान पनि गरिएको छ । सन्दीप जेभियर इन्टरनेसनल स्कुल र कलेजका ब्रान्ड एम्बासडर भएकोले पूर्ण छात्रवृत्ति प्राप्त गरेको शिवाकोटीले बताए ।
कलेजमा भर्ना भएपछि सन्दीपले क्रिकेटबाट खाली रहेको बेलामा कलेज पढ्न जाने उनको भनाई छ । सन्दीप केहि दिन अघि यूएईमा सम्पन्न टी–१० लिगमा केराला किंग्सबाट खेलर नेपाल आएका हुन् ।
सन्दीप तेस्रो संकरणको ईपीएलमा ललितपुरबाट सुरुवाती दुई खेल खेल्दै अष्ट्रेलियाको बिग ब्यास र बंगलादेश प्रिमियर लिग खेल्न जाने छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]