7 years ago
December 5, 2018
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली दिल्ली डेयर डेभिल्सले आफ्नो नाम परिवर्तन गरेको छ । दिल्लीले नयाँ नाम दिल्ली क्यापिटल्स राखेको छ ।

दिल्लीले आज एक समारोहका बीच नयाँ नाम र लोगो समेत सार्वजनिक गरेको हो । दिल्ली अहिले सम्म आईपीएलमा फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । त्यसैले पनि नाम परिवर्तन गरेको हुन सक्ने बुझिएको छ ।
दिल्लीबाट यसपटक पनि नेपाली युवा लेग स्पिनर सन्दीप लामिछाने खेल्ने छन् । सन्दीपले अघिल्लो संस्करणमा पनि दिल्लीबाट आईपीएल खेलेका थिए । सन्दीपले गत वर्ष अन्तिम ३ खेलमा मौका पाउँदा ५ विकेट लिदै उत्कृष्ट प्रर्दशन गरेका थिए ।
दिल्लीले यस सिजनका लागि ठूला नामहरुलाई टोलीबाट बाहिर राख्दा सन्दीप भने फेरीपनि दिल्लीमै रहने भएका हुन् । दिल्लीले पछिल्लो सिजनका कप्तान गौतम गम्भीरसँगै विदेशी खेलाडीहरु ओपनर जेसन रोय, अष्ट्रेलियन अलराउण्डरद्वय ग्लेन म्याक्सवेल र ड्यान क्रिस्टियन, लियाम प्लंकेट र जुनिअर डालालाई टोलीमा समावेश गरेको छैन ।
भारतीय स्पिनर सहबाज नदीम, अलराउण्डर विजय शंकर, अभिषेक शर्मा र विकेटकिपर नमन ओझा पनि अर्को सिजनका लागि टोलीमा समेटिएका छैनन् । दिल्लीले सनराइजर्स हैदराबादबाट ओपनर शिखर धवनलाई भने टोलीमा ल्याएको छ । यसका लागि विजय शंकर, अभिषेक शर्मा र सहबाज नदीम हैदराबाद पुगेका छन् ।

पछिल्लो सिजन अन्त्यतिर टोलीको कप्तानी सम्हालेका श्रेयस ऐर, ओपनर पृथ्वी शअ, ऋषभ पन्तसँगै कोलिन मुनरो, क्रिस मोरिस, कागीसो रबाडा र ट्रेन्ट बोल्ट भने टोलीमा रहेका छन् ।भारतीय ब्याट्सम्यान मनाजोत कालरा, जयन्त यादव, राहुल टेवाटिया, हर्षल पटेल, अमित मिश्रा र आवेश खान पनि अर्को सिजन दिल्लीकै जर्सीमा हुनेछन् ।
यसपटक आईपीएल नियमित हुँदै आएको मितिभन्दा केहि अगाडी सर्ने सम्भावना छ । मे महिनामा विश्वकप भएका कारण अप्रिलमा आयोजना हुँदै आएको आईपीएल यसपटक मार्चमा नै सुरु हुने प्रबल सम्भावना छ । क्रिकेट अष्ट्रेलियाले भने विश्वकपलाई मध्यनजर गर्दै यस सिजन विश्वकपमा सम्भावना भएका खेलाडीलाई आईपीएल खेल्न नदिने निर्णय लिएको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]