7 years ago
December 5, 2018
काठमाडौं (हाम्रो खेलकुद) – आगामी शनिबारबाट टियू क्रिकेट मैदानमा सुरु हुने तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि ब्रिटीस अर्थात इंग्ल्यान्डबाट चियर लिडर्स ल्याईएको छ ।
बुधबार काठमाडौंको साग्रिंला होटलमा एक कार्यक्रमकाबीच ६ चियर लिडर्सलाई सार्वजनीक गरियो । ईपीएलमा आम दर्शकलाई मनोरञ्जन दिनको लागि पहिलो पटक विदेशी चियर लिडर्स नेपाल ल्याईएको हो । दोस्रो संकरणको ईपीएलमा नेपाली चियर लिडर्सले मनोरञ्जन दिएका थिए । यी ६ लिडर्सलाई ३/३ गरि हरेक खेलका दुई टोलीमा विभाजन गरिनेछ ।
आफ्नो टोलीले चौका,छक्का,क्याच आउट,बोल्ड आउट,शतक,अर्धशतक प्रहार लगायत थुप्रै कुरामा लिडर्सले नाचेर मनोरञ्जन दिने छन् । यी ६ लिडर्सले गत वर्ष आईपीएलको फेन्चाइज टोली साविक दिल्ली डियर डेभिल्स हाल दिल्ली क्यापिटल्स र केहि दिन अघि वेस्ट इन्डिजमा सम्पन्न महिला विश्वकपको उद्धघाटन खेलमा पनि मनोरञ्जन दिई सकेको ईपीएलका एमडी आमिर अख्तरले जानकारी दिए ।
त्यस्तै कार्यक्रममा राष्ट्रीय तथा विराटनगरका कप्तान पारस खड्काले पहिलो पटक नेपाली क्रिकेटमा गरिएको यो प्रयोगले प्रतियोगिता मात्र नभएर समग्र नेपाली क्रिकेटको विकास पुग्ने बताए । टिभीएस ईपीएलमा शनिबार विराटनगर वारियर्स र ललितपुर् प्याट्रीयट्सबीच उद्धघाटन खेल हुने छ ।
फोटो फिचर :

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]