7 years ago
December 6, 2018
एजेन्सी- अस्ट्रेलियासँगको पहिलो टेस्ट खेलको पहिलो दिन भारतले पहिलो इनिङसमा संघर्ष गर्दै खेलिरहेको छ ।

बिहीबार एडिलेडमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिँदा ८७.५ ओभरमा ९ विकेटको क्षतिमा २ सय ५० रन जोडेको छ । खराब सुरुवात गरेको भारतलाई मध्यम स्कोर सम्म पुर्याउन चेतेश्वर पुजाराले उत्कृष्ट शतक प्रहार गरे । पहिलो दिनको अन्तिम बलमा रन आउट भएका पुजाराले २ सय ४६ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै १ सय २३ रन बनाए । पुजारा ८७.५ बलमा जोश हजलेवुडको बलमा प्याट कमिन्सले रन आउट पारेका थिए ।
भारतका लागि रोहित शर्माले ३७, ऋषभ पन्त र रविचन्द्र आश्विनले समान २५ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । दोस्रो ओभरको अन्तिम बलमा हजलेवुडले आरोन फिन्चको हातबाट क्याच गराउदै के एल राहुललाई ३ रनमा आउट गरेका थिए । दोस्रो विकेटको रुपमा मुरली विजयलाई मिचेल स्टार्कले कप्तान टिम पेनको हातबाट क्याच आउट गराउदै ११ मा पेभिलिएन फर्काए । त्यस्तै तेस्रो विकेटका रुपमा कप्तान विराट कोहलीलाई कमिन्सले उस्मान खवजाको हातबाट क्याच आउट गराउदै ३ रनमा पेभिलिएनको बाटो देखाएपछि भारत कुनै समय १०.३ ओभरमा १९–३ को कमजोर अवस्थमा पुगेको थियो ।
कुनै सयम भारत ४९.१ ओभरमा १२७ – ६ को अवस्थामा पुगि सकेको थियो । सातौँ विकेटका लागि पुजारा र आश्विनले ६२ रनको महत्वपूर्ण साझेदारी गर्दै भारतको संकट टारे । भारतका अन्य अजिंका रहाणेले १३ र इसान्त शर्माले ४ रन जोडे । त्यस्तै मोहम्मद शामी ६ रनमा क्रिजमा रहदा उनलाई जसप्रित बुमराहले दोस्रो दिन साथ दिने छन् । अस्ट्रेलियाका लागि मिचेल स्टार्क,कमिन्स,हजलेवुड र नाथन लियोनले समान दुई विकेट हात पारे ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]