7 years ago
December 7, 2018
एजेन्सी – अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा दोस्रो दिनको खेल सकिदा भारतले दबदबा बनाएको छ ।

घरेलु टोली अष्ट्रेलियाले दोस्रो दिनको खेल सकिदा १ सय ९१ रन बनाउँदा ७ विकेट गुमाएको छ ।अष्ट्रेलिया अझैँ ५९ रनले पछि परेको छ । अष्ट्रेलियाका लागि ट्रभिस हेड ६१ र मिचेल स्टार्क ८ रनमा नट आउट रहेका छन् । हेडले १ सय ४९ बलमा ६ चौका प्रहार गरे । पहिलो ओभरको तेस्रो बलमै इशान्त शर्माले उत्कृष्ट बोल्ड आउट गर्दै आरोन फिन्चलाई डक आउट पेभिलिएन फर्काए ।
फिन्च१९ वर्षपछि एडिलेडमा डक आउट हुने अष्ट्रेलियाका पहिलो ओपनर हुन् ।यसअघि सन् १९९९ मा माइकल स्लाटर डक आउट भएका थिए । अष्ट्रेलियाका पिटर हृयान्डस्कोम्बले ३४, उस्मान खवाजाले २८ र मार्कुस हृयारिसले २६ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । त्यस्तै शन मार्शले २ रनमा आउट हुँदै १ सय ३० वर्षको पुरानो नकरात्मक रेकर्ड तोडेका छन् ।

रविचन्द्र आश्विनले २ रनमा बोल्ड आउट गर्दा मार्शले नकरात्मक रेकर्ड आफ्नो नाममा राख्न पुगे । मार्श सन् १८८८ पछि लगातार ६ पारीमा दोहोरो रन छुन नसक्ने अष्ट्रेलियाका टप अडरका पहिलो ब्याट्सम्यान बनेका छन् । अष्ट्रेलियाका ब्याट्सम्यानलाई सस्तैमा समेट्ने क्रममा भारतका स्पिनर रविचन्द्रन अश्विनले ३ विकेट लिए । त्यस्तै, जसप्रित बुमराह र इशान्त शर्माले समान २–२ विकेट लिए ।
त्यसअघिभारतले टस जितेर पहिले ब्याटिङ गर्दै आफ्नो पहिलो इनिङ्समा सबै विकेटको क्षतिमा २ सय ५० रन बनायो । पहिलो दिनको ९ विकेटको क्षतिमा २ सय ५० रन बनाएको भारतले दोस्रो दिन आज यही स्थितिबाट ब्याटिङ थाले पनि कुनै रन जोड्न नसकि अन्तिम विकेट गुमायो । खराब सुरुवात गरेको भारतलाई मध्यम स्कोर सम्म पुर्याउन चेतेश्वर पुजाराले उत्कृष्ट शतक प्रहार गरेका थिए । पुजाराले २ सय ४६ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै १ सय २३ रन बनाएपछि भारतले सम्मानजनक स्थितीमा पुगेको थियो ।
भारतकालागि रोहित शर्माले ३७, ऋषभ पन्त र रविचन्द्र आश्विनले समान २५ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । अस्ट्रेलियाका जोश हज्लेवोडले ३ विकेट लिए । त्यस्तै, मिचेल स्टार्क, पैट कुमिन्स र नाथन लियोनले समान २– २ विकेट लिए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]