7 years ago
December 8, 2018
काठमाडौं (हाम्रो खेलकुद) – टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को उद्धघाटन खेलमा शनिबार ललितपुर प्याट्रियट्स र विराटनगर वारियर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल दिउँसो १ बजेबाट टीयू क्रिकेट मैदानमा सुरु हुने छ ।

वारियर्सका कप्तान पारस खड्का छन् भने ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले सम्हाल्ने छन् । दुवै टोली पहिलो खेलमा जित निकाल्ल्दै प्रतियोगितामा सुःखद सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । गत संकरणको समुह चरणको खेलमा विराटनगरले लतिपुरलाई ६ रनले हराएको थियो ।
त्यस्तै दुई महिना अघि सम्पन्न पोखरा प्रिमियर लिगमा पनि पारसले नेतृत्व गरेको चितवन टाइगर्सले ज्ञानेन्द्रले सम्हालेको काठमाडौं रोयल्सलाई प्ले अफमा ६ विकेट र समुह चरणको खेलमा १३ रनले पराजित गरेको थियो । मल्ललाई त्यो हारको बदला लिने अवसर पनि आजको खेल हुनेछ । घरेलु फ्रेन्चाइज लिगमा मल्लभन्दा पारसनै अब्बल देखिँदै आएका छन् ।

पारस खड्का
वारीयर्स गत वर्षको च्याम्यियन टोली हो । विराटनगरमा हङकङका पुर्व कप्तान तथा ब्याटिङ अलराउण्डर बावर हायत, नेदरल्यान्डका पाउल भेन मिकरेन, पूर्व दक्षिण अफ्रिकी तथा हाल डच खेलाडी रोलोफ भेन डर मर्व र भारतीय स्मित पटेल विदेशी खेलाडीका रुपमा रहेका छन् । राष्ट्रिय टिमका अनिलकुमार शाह, करण केसी, वसन्त रेग्मी साथै आशिफ शेख विराटनगरका प्रमुख खेलाडी हुन् । हायात हङकङको खेलमा व्यस्त रहेका कारण यस खेलमा उपस्थित रहने छैनन् ।
गत वर्ष तेस्रो स्थानमा रहेर ईपीएल सकाएको ललितपुरले यस पटक खासै ठूला नाम टिममा अनुबन्ध गरेको छैन । तर घरेलु लिगमा भने उत्कृष्ट प्रर्दशन गरि रहेका भारतीय सन्नी पटेल,जयकिशन कोल्सावाला र गौरभ तोमर ललितपुरका विदेशी र मुख्य हतियार हुन् । यी तीनै खेलाडीले नेपाली घरेलु लिगमा उत्कृष्ट प्रर्दशन गर्दै आएका छन् ।

ज्ञानेन्द्र मल्ल
राष्ट्रिय तथा अन्तरार्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरि रहेका सन्दीप लामिछाने पनि ललितपुरबाटै खेल्ने छन् । सन्दीप सुरुवाती दुई खेल मात्र खेल्ने छन् । बिग व्यास र वंगालदेश प्रिमियर लिग खेल्नु पर्ने भएको कारण अन्य खेल नखेल्ने भएका हुन् । त्यस्तै राष्ट्रिय टिमका स्पिनर ललितनारायण राजवंशी, घरेलु लिगमा राम्रो प्रर्दशन गरि रहेका युवा तीब्र गतिका बलर राशिद खान, आक्रमक ब्याट्सम्यान कुशल भुर्तेल,सन्दीप जोरा, सोनु तामाङ ललितपुरका प्रमुख खेलाडी हुन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]