default_image

6 years ago

December 8, 2018

ज्ञानेन्द्रको ४९ रनमा वारीयर्सलाई १ सय ५ रनको लक्ष्य

39 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा ललितपुर प्याट्रीयट्स र विराटनगर वारीयर्स भिड्दैछन् । टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले विराटनगरलाई जितको लागि १ सय ५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

ललितपुरले औसत ब्याटिङ प्रदर्शन गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४ रन जोड्यो । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रनको योगदान दिंदा अन्य ब्याट्सम्यानले ठूलो स्कोर जोड्न सकेनन् । ज्ञानेन्द्र ४९ रन जोड्दै इनिङसको अन्तिम बल बाँकी छँदा करण केसीको बलमा कट बिहाईन्ड भए । उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

भारतीय ब्याट्सम्यान ओपनर जयकिशन कोल्सावाला ४ रन र गौवर तोमर ४ रनमा पेभेलियन फर्कंदा ललितपुरले अपेक्षित सुरुवात लिन सकेन । तोमरले १४ बलको सामना गरेका थिए । अर्का ओपनर पवन सर्राफले २१ बलमा १ चौका र १ छक्कासहित १४ रनमात्र जोडे ।

कुशल भुर्तेल सामना गरेको पहिलो बलमा नै स्टम्पिङ आउट भए । सन्नी पटेलले आक्रामक ब्याटिङ गर्दै टोलीको योगफल सम्मानजनक पुर्याउन मदत गरेका थिए । उनले १५ बलमा ३ चौकासहित २० रनको योगदान दिए । सन्दीप जोरा ७ बलमा ४ रन जोड्दै पेभेलियन फर्किए । योगेन्द्र सिंह कार्की खाता नखोली रनआउट भए । राशिद खानले ३ बलमा नटआउट ५ रन जोड्दा सन्दीप अन्तिम बलमा शून्यमा रनआउट भए ।

विराटनगरका लागि रोलाफ भान डर मर्वले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । वसन्त रेग्मीले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट हात पारे । करण केसीले २ विकेट लिंदा स्मित पटेल र पारस खड्काले पनि १-१ विकेट हात पारे ।

December 12, 2024

पोखराविरुद्ध विराटनगरको मध्यम योगफल

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध मध्यम योगफल तयार गरेको छ । टस जितेर ब्याटिङ रोजेको विराटनगरले पोखरालाई १ सय ४० रनको लक्ष्य दिएको हो । विराटनगरले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रनको मध्यम योगफल तयार गर्यो । विराटनगरका लागि स्कट […]

December 12, 2024

अफगानिस्तानमाथि जिम्बाब्वेको रोमाञ्चक जित

एजेन्सी – घरेलु टोली जिम्बाब्वेले पहिलो टि ट्वान्टी आई खेलमा अफगानिस्तानविरुद्ध रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा जिम्बाबेले अन्तिम बलमा जित निकाल्दै अफगानिस्तानलाई चार विकेटले पराजित गरेको हो । योसँगै तीन खेलको टि ट्वान्टी आई सिरिजमा जिम्बाबेले १–० को अग्रता लिएको छ । अफगानिस्तानले दिएको १ सय ४५ रनको लक्ष्य जिम्बाब्वेले अन्तिम बलमा […]

December 12, 2024

विराटनगरले टस जित्यो

काठमाडौं(हाम्रो खेलकुद) – सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा बिहीवारको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सविरुद्ध टस जितेको छ । टियु क्रिकेट मैदानमा टस जितेर विरानगरका कप्तान सन्दीप लामिछानेले ब्याटिङ रोजेका हुन् । आजको खेलमा विजेता बन्ने टोलीले प्लेअफको झिनो सम्भावना कायमै राख्दा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो टोली बन्नेछ । लुम्बिनी लायन्स बुधवार […]

Success

Thank you for your time.