default_image

7 years ago

December 8, 2018

करणको अलराउण्ड प्रदर्शनमा विराटनगरको रोमान्चक जित

114 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – करण केसीले उत्कृष्ट अलराउण्ड प्रदर्शन गरेपछि एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलमा विराटनगर वारीयर्सले ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गरेको छ । ललितपुरले प्रस्तुत गरेको १ सय ५ रनको सामान्य लक्ष्य विराटनगरले अन्तिम ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो ।

स्पिन बलरसामु मध्यक्रमको ब्याटिङ नाटकीय रुपमा पतन हुँदा करणले तल्लोक्रममा ब्याटिङ सम्हाल्दै विराटनगरलाई जितसम्म पुर्याए । करण केसीले १९ बलमा नटआउट ३६ रन बनाउँदै उत्कृष्ट ब्याटिङ गरे । उनले १ चौका र ३ छक्का प्रहार गरे । उनलाई पल भान मेकरेनले नटआउट ९ रन जोड्दै साथ दिए । अन्तिम ओभरमा १० रन चाहिएको अवस्थामा करणले योगेन्द्रसिंह कार्कीलाई दोस्रो बलमा छक्का प्रहार गरेपछि जित नजिक पुगेको थियो ।

ओपनर अनिल कुमार साह ११ रन जोड्दै सन्दीप लामिछानेको बलमा आउट हुँदा विराटनगरको स्कोर १९ रन थियो । पारस ८ रन जोड्दै ३२ रनको स्थितिमा गौरव तोमरको बलिङ दोस्रो विकेटका रुपमा पेभेलियन फर्किए । त्यसै ओभरमा स्मीत पटेल पनि १ रनमा आउट भए । रोलफ भान डर मर्व नन स्ट्राइक एण्डमा रहँदा कुनै बलको सामना नगरी रनआउट भएपछि विराटनगर ३४-४ को स्थितिमा पुग्यो ।

सिफ शेख १९ रन जोड्दै गौरव तोमरको बलमा क्याच आउट भए । लगत्तै सुमित महर्जन ललितको बलमा आउट भएपछि १५ औं ओभरमा विराटनगर ५०-६ को दयनीय स्थितिमा पुग्यो । हरिबहादुर चौहान ४ रन जोड्दै सन्दीप लामिछानेको बलमा स्टम्पिङ आउट भए ।

ललितपुरका लागि गौरव तोमर र सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे । गौरवले ४ ओभरमा १० रन खर्चेर ३ विकेट लिए । सन्दीपले पनि ४ ओभरमा १ विकेट मेडनसहित १२ रन खर्चेर २ विकेट लिए । ललित नारायण राजवंशीले १६ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको ललितपुरले औसत ब्याटिङ प्रदर्शन गर्दै २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ४ रन जोडेको थियो । कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४९ रनको योगदान दिंदा अन्य ब्याट्सम्यानले ठूलो स्कोर जोड्न सकेनन् । ज्ञानेन्द्र ४९ रन जोड्दै इनिङसको अन्तिम बल बाँकी छँदा करण केसीको बलमा कट बिहाईन्ड भए । उनले ५२ बलमा ३ चौका र २ छक्का प्रहार गरे ।

भारतीय ब्याट्सम्यान ओपनर जयकिशन कोल्सावाला ४ रन र गौवर तोमर ४ रनमा पेभेलियन फर्कंदा ललितपुरले अपेक्षित सुरुवात लिन सकेन । तोमरले १४ बलको सामना गरेका थिए । अर्का ओपनर पवन सर्राफले २१ बलमा १ चौका र १ छक्कासहित १४ रनमात्र जोडे ।

कुशल भुर्तेल सामना गरेको पहिलो बलमा नै स्टम्पिङ आउट भए । सन्नी पटेलले आक्रामक ब्याटिङ गर्दै टोलीको योगफल सम्मानजनक पुर्याउन मदत गरेका थिए । उनले १५ बलमा ३ चौकासहित २० रनको योगदान दिए । सन्दीप जोरा ७ बलमा ४ रन जोड्दै पेभेलियन फर्किए । योगेन्द्र सिंह कार्की खाता नखोली रनआउट भए । राशिद खानले ३ बलमा नटआउट ५ रन जोड्दा सन्दीप अन्तिम बलमा शून्यमा रनआउट भए ।

विराटनगरका लागि रोलाफ भान डर मर्वले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए । वसन्त रेग्मीले कसिलो बलिङ गर्दै ४ ओभरमा मात्र १२ रन खर्चेर १ विकेट हात पारे । करण केसीले २ विकेट लिंदा स्मित पटेल र पारस खड्काले पनि १-१ विकेट हात पारे ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.