7 years ago
December 8, 2018
काठमाडौं (हाम्रो खेलकुद)– स्वतन्त्र समितिले तय गरेको समय सिमा भित्र काम कारवाही अघि बढेको खण्डमा अबको ५ महिना भित्र नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचत हुने विश्वास लिएको छ ।
क्यानमाथिको निलम्बन फुकुवाको वातावरण निर्माण र क्यानको निर्वाचित प्रक्रिया अघि बढाउन गठिन स्वतन्त्र समितको शनिबार राजधानीमा बैठक बसेको थियो । बैठकले विवादित विभिन्न विषय समाधानका लागि समय सिमा तोकेको समितिका सदस्य एलबी क्षेत्रीले बताएका छन् ।
‘क्यानका स्टेक होल्डरले पुरा गर्नुपर्ने कामका लागि समय सिमा तोकिएको छ,’नेपाली क्रिकेट टोलीका पूर्व कप्तान क्षेत्रीले भने,’बाँकी रहेका सबै काम पुरा गर्ने हो भने अब अप्रिल सम्ममा क्यानको निर्वाचत हुनेछ । तर, त्यसका लागि सबै पक्ष इमान्दार हुन पर्दछ । ‘
आइसीसीका उपाध्यक्ष इमराख ख्वाजाको समन्वयमा शनिबार भएको बैठकमा ५ सदस्यीय समितिका आइसीसी प्रतिनिधि नितिशा कोठारी बाहेक ४ जनाको उस्थिति थियो । समितिका सदस्य आइसीसीका मोहम्मद अली, अमर शेख, क्षेत्री र अर्को सदस्य ठाकुर प्रताप थापा बैठकमा सहभागी थिए ।
कोठारी उपस्थित नभएका कारण समितिले निर्णय भने सार्वजनिक गरेको छैन । केहि औपचारिकता पुरा गरेपनि निर्णय सार्वजनिक हुने क्षेत्रीले बताए । क्यानमाथिको निलम्बन अबको तीन महिना भित्र फुकुवा हुने स्वतन्त्र कमिटिले विश्वास लिएको छ ।
बैठकमा भएको सबै छलफलका विषयमा स्वतन्त्र समितिले प्रष्ट नगरेपनि क्यानका जिल्ला संघमा विवाद देखिए त्यसको समाधान र निर्वाचित समितिले सर्वोच्च अदालतमा दायर गरेको मुद्दा फिर्ता लिने निर्णय गर्नुलाई बैठकले सकारात्मक भएको बताएको छ ।
क्यानको साधारण सभाले वैशाखमा आइसीसीले पठाएको विधानलाई हुबहु पास गरेपछि पाँच सदस्यीय स्वतन्त्र समिति गठन गरि प्रक्रिया सुरु भएको थियो । पाकिस्तानमा गत महिना सम्पन्न एसीयाली क्रिकेट काउन्सील एसीसीको बैठकले पनि क्यानमाथिको विवाद समाधानका लागि आइसीसीसँग आग्रह गरेको थियो ।
आन्तरिक विवाद समाधान भए, आईसीसीको आगामी बोर्ड बैठकमा निलम्बन फुकुवाका लागि प्रस्ताव पेश गर्ने तयारीमा स्वतन्त्र समिति रहेको सदस्य थापाले बताएका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]