default_image

7 years ago

December 8, 2018

‘हामी क्रिकेट पैसा भन्दापनि ‘प्यासन’का लागि खेल्छौं’ – कप्तान पारस

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्का किर्तिपुरमा शनिबारदेखि सुरु भएको एभरेष्ट प्रिमियर लिगमा विराटनगर वारीयर्सको कप्तानी सम्हालिरहेका छन् ।

उद्घाटन खेलमा पारसको टोलीले ललितपुर प्याट्रीयट्सलाई ३ विकेटले पराजित गर्दै विजयी सुरुवात गरेको छ । पारसको टोली विराटनगर वारीयर्स पछिल्लो संस्करणको विजेता पनि हो । विराटनगरले गतवर्ष उपाधिसँगै २१ लाख रुपैयाँ पुरस्कार हात पारेको थियो ।

तर उद्घाटन खेल हुँदासम्म पनि तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिगको विजेताले पाउने पुरस्कार राशी आयोजकले हालसम्म सार्वजनिक गरेको छैन । यस विषयमा पत्रकार सम्मेलनमा सोधिएको प्रश्नमा पारसले यस्तो अभिव्यक्ति दिए :

‘प्रतियोगिताहरु भइरहेका छन् । हामी नेपाली खेलाडी अहिलेसम्म पैसा भन्दापनि प्यासनले नै खेलिरहेका छौं । व्यावसायिक लिगहरुमा खेल्दा केहि राम्रो हुन सक्छ भन्ने हो । त्यो भन्दापनि ईपीएलले नेपाली क्रिकेटमा बेग्लै स्तर बनाएको छ, त्यसमा हामी खुसी हुनुपर्छ ।

नकारात्मक कुरा गर्ने हो भने त्यस्ता कुरा गर्ने धेरै ठाउँ भेटिन्छ । भविष्यमा प्रतियोगिताको पुरस्कार राशी घोषणा भएपछि त्यसले खेलाडीको मनोबल बढाउन सहयोग गर्नेछ । तर अहिलेको खेलाडीलाई पुरस्कार राशीभन्दा खेल र प्रतियोगिताको उपाधि जित्नु बढी महत्त्व छ ।

नेपाली क्रिकेट जुन बाटोमा अगाडी बढेको छ, पैसा सधैं साथ रहन्छ । हामीले यो बुझ्नुपर्छ कि खेलाडीको रुपमा हामीले आगामी दिनमा कस्तो विकास गर्नेछौं । नेपाली क्रिकेटमा अहिले धेरै युवाहरु छन् । हामीले भविष्य कर्णधारहरुलाई राम्रो स्थान दिएर ईपीएलजस्ता प्रतियोगिताहरु प्लाटफर्म बनाएर उनीहरुको करिअर बढाउन सहयोग गर्नुपर्छ ।’

अन्तर्वार्ताको पूरा भिडियो :

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.