7 years ago
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो दिन आज दुई खेल हुँदैछन् । पहिलो खेलमा ललितपुर प्याट्रीयट्स र चितवन टाइगर्सबीच प्रतिस्पर्धा हुनेछ । खेल ९ बजेबाट सुरु हुनेछ ।

ललितपुरको कप्तानी ज्ञानेन्द्र मल्लले गर्ने छन् भने पृथु बास्कोटाले चितवनको कप्तानी सम्हाल्ने छन् । चितवन पहिलो खेल जितका साथ प्रतियोगितामा सुखद सुरुवात गर्न चाहन्छ । यता पहिलो खेलमा विराटनगरसँग ३ विकेटले पराजित भएको ललितपुर दोस्रो खेलमा जित निकाल्न चाहान्छ ।
चितवन टाइगर्समा विदेशी खेलाडीको रुपमा इंग्ल्यान्डका जोन सिम्पसन, जर्ज स्कट र टेस्ट राष्ट्र आयरल्यान्डका विष्फोटक ओपनर ब्याट्सम्यान पाउल स्टर्लिङ रहेका छन् । त्यस्तै दिपेन्द्र सिंह ऐरी, दिलिप नाथ, भिम सार्की, ललितसिंह भण्डारी, साहव आलम, कमलसिंह ऐरी, आदिल खान, सागर ढकाल र आकाश थापा चितवनका मुख्य खेलाडी हुन् ।
कागजी लिष्टमा हेर्दा ललितपुरले खासै ठूला नाम गरेको विदेशी खेलाडी टिममा अनुबन्ध गरेको छैन । तर नेपाली घरेलु मैदान र दर्शक भने ती खेलाडीलाई नौला होइनन् । डीपीएल, पीपीएल र ईपीएलमा उत्कृष्ट प्रर्दशन गर्दै आएका भारतीय सन्नी पटेल,जयकिशन कोल्सावाला र गौरभ तोमर ललितपुरका विदेशी रहेका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गरि रहेका सन्दीप लामिछाने अन्तिम खेल खेल्ने छन् । सन्दीप बिग बास र वंगालदेश प्रिमियर लिग जाने भएकाले अन्य सबै खेल गुमाउने भएका छन् । ललितनारायण राजवंशी, राशिद खान, आक्रमक ब्याट्सम्यान कुशल भुर्तेल,सन्दीप जोरा,सोनु तामाङ ललितपुरका प्रमुख खेलाडी हुन् ।
दोस्रो खेलमा पोखरा राइनोजले भैरहवा ग्ल्याडीयटर्सको सामना गर्ने छ । खेल दिउँसो १ वजेबाट सुरु हुने छ । यस पटक ईपीएल खेल्ने ठूला नामका खेलाडी यी दुवै टोलीबाट खेल्नेछन् । गत वर्ष १ रनले उपाधि चुम्न चुकेको भैरहवा ग्ल्याडीयटर्सबाट नेदरल्यान्डका ब्याटिङ अलराउण्डर रायन टेन डोस्काटे,यूईका तीव्र गतिका बलर मोहम्मद नाविद र भारतीय ब्याट्सम्यान रविइन्दर सिंह खेल्ने छन् ।

डोस्काटे एसोसिएट स्टार खेलाडीको रुपमा चिनिन्छन् । नाविद भने केहि दिनपछि मात्र टोलीमा सामेल हुनेछन् । त्यस्तै भैरहवामा युवा खेलाडी हरिशंकर शाह,आरिफ शेख, रोहित कुमार पौडेल, प्रदीप ऐरी, भुवन कार्की, कृष्ण कार्की,भुपेन्द्र थापा जस्ता मुख्य खेलाडीको प्रर्दशनमा भरपर्ने छ ।
पोखराको कप्तानी स्कटल्यान्डका काइल कोट्जरले गर्ने छन् । यस पटक ईपीएलमा विदेशी खेलाडीको रुपमा कप्तान गर्ने कोट्जर एक्लो खेलाडी हुन् । दक्षिण अफ्रिकाका ओपनर रिचर्ड लेभी पनि पोखराबाट खेल्ने छन् । लेभी यस पटक ईपीएल खेल्ने १९ विदेशी खेलाडी मध्य सर्वाधिक ठूला नाम अर्थात उच्च स्तरका खेलाडी हुन् । पोखरामा लेभीसँगै इङ्ल्यान्डका अलराउण्डर पाउल कोग्लिन र हङकङका सन्नी भिमसारिया छन् । शक्ति गौचन, सुनिल धमला, विनोद भण्डारी, सौरभ खनाल, सुसन भारी, विक्रम शोब, राजेश पुलामी मगर पोखराका भरपर्दा खेलाडी हुन् ।

काइल कोट्जर
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]