default_image

7 years ago

December 9, 2018

सन्दीप र सोनु चम्कँदा ललितपुरको रोमान्चक जित

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सोनु तामाङको आक्रामक ब्याटिङ र सन्दीप लामिछानेले घातक बलिङ गरेपछि तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) को दोस्रो खेलमा ललितपुर प्याट्रीयट्सले चितवन टाइगर्सलाई ११ रनले पराजित गरेको छ ।

ललितपुरले प्रस्तुत गरेको १ सय ४४ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ३२ रन मात्र बनाउन सक्यो । पहिलो ओभरको पाँचौ बलमै ओपनर दिलीप नाथनाई १ रनमा सन्नी पटेलले बोल्ड गर्दिदै पेभिलिएन फर्काएका थिए । दोस्रो ओभरको दोस्रो बलमै सन्दीप लामिछानेले पल स्टर्लिङलाई ललितनारायण राजवंशीको हातबाट क्याच गराउदै १ रनमा पेभिलिएनको बाटो देखाएपछि चितवन सूरुमै दवावमा परेको थियो ।

चौथो ओभरको पाँचौ बलमा सन्दीपले जोन सिम्पन १३ रन बनाएको अवस्थामा एलपि डब्लुको सिकार पार्दै पेभिलिएन फर्कापछि चितवन संकटमा परेको थियो । चौथो विकेटका लागि दिपेन्द्र सिंह ऐरी र पृथु वास्कोटाले ४४ रनको साझेदारी गर्दै चितवनको रन उकास्ने काम गरे । पृथुलाई ललितले १२.४ ओभरमा सन्दीप जोराको हातबाट क्याच गगराउदै २६ रनमा आउट गरे । पृथुले २९ बलमा बलमा ३ चौका प्रहार गरे ।

पाँचौ विकेटका लागि दिपेन्द्रले भिम सार्कीसँग ३७ रनको साझेदारी गर्दै चितवनलाई जितको आशा देखाएका थिए । तर १६.२ ओभरमा भिमलाई सन्नी पटेलले २१ रनमा एलबीडब्लु आउट गर्दै साझेदारी तोडे । भिमले ९ बलमा १ चौका र २ छक्का प्रहार गरे । त्यस्तै दिपेन्द्रलाई १७. २ ओभरमा गौरवले बोल्ड आउट गरेपछि ललितपुरको जितउन्मुख बनेको थियो । दिपेन्द्रले ४५ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ४१ रन बनाए । अन्तिमतिर स्कटले ९ बलमा २ छक्का प्रहार गर्दै १८ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

ललितपुरका लागि सन्दीप लामिछानले ४ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए । त्यस्तै सन्नीले ४ ओभरमा १ मेडन सहित १७ रन खर्चिदा २ विकेट लिए । ललितपुरका अन्य गौरव।राशिद खान र राजवंशीले समान एक विकेट लिए ।

त्यस अघि किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको ललितपुरले सोनु तामाङको आक्रामक ३५ रनको मदतले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ४३ रन बनायो । सोनु २४ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै नट आउट रहे । उनलाई अन्तिमतिर सन्दीप जोरालेले पनि उत्कृष्ट ब्याटिङ गर्दै साथ दिए । उनले मात्र ८ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै २५ रनमा नट आउट रहे ।

त्यसअघि गौरव तोमरले २९ बलमा समान २ चौका र छक्का प्रहार गर्दै ३० रन बनाउँदा जय किशन कोल्सावालाले २० रन जोडे । सन्नी पटेलले १३ बलमा १ छक्कसहित १९ रन जोड्दा कुशल भुर्तेल र कप्तान ज्ञोनेन्द्र मल्लले समान ३ रन बनाए ।

चितवनका लागि जर्ज स्कटले ३ ओभरमा १ मेडन सहित २४ रन खर्चेर २ विकेट लिए । त्यस्तै पाउल स्टर्लिङ,कमलसिंह ऐरी र ललितसिंह भण्डारीले पनि समान एक विकेट लिए ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.