7 years ago
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रिचर्ड लेभीले उत्कृष्ट ब्याटिङ गरेपछि टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल)को तेस्रो खेलमा पोखरा राइनोजले भैरहवा ग्ल्याडीयटर्सलाई २ सय १६ रनको कीर्तिमानी विशाल लक्ष्य दिएको छ ।

रिचार्ड लेभी (दायाँ) र काइल कोट्जर
ईपीएलको तेस्रो संस्करणसम्म आईपुग्दा २ सय रन पहिलो पटक क्रस भएको हो । टस जितेर पहिला ब्याटिंग गरेको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १५ रन बनायो । ओपनर रिचर्ड लेभी र काइल कोट्जरले पहिलो विकेटको लागी उत्कृष्ट १ सय ४ रनको शतकीय साझेदारी गरेपछि विशाल योगफल बनाएको हो ।
दक्षिण अफ्रिकाका ओपनर समेत रहेका लेभीले आक्रमक ब्याटिङ गरे । २३ बलमा अर्धशतक पुरा गरेका लेभीले ८. २ ओभरमा कृष्ण कार्कीको ओभरमा रायन टेनको हातबाट क्याच आउट हुनु अघि ७९ रन बनाए । उनले ३६ बलमा समान ७ चौका र छक्का गरे । त्यस्तै पोखराका सुनिल धमला र कोट्जरले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरेपछि ईपीएलमा पहिलो पटक २ सय रन कटेको हो ।

रिचार्ड लेभी
धमला २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३८ रनमा पेभिलिएन फर्किए । धमलालाई पुनित महेराले १५. ४ बलमा रायन टेनको हातबाट क्याच आउट गराएका हुन् । त्यस्तै कोट्जरलाई अभिनास बोहराले १६.१ ओभरमा कृष्ण कार्कीको हातबाट क्याच गराउदै ४७ रनमा आउट गरे । उनले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
पोखराका अन्य पल कोग्लिन २० , विनोद भण्डारी ६,राजेश पुलामी मगर ३ र सौरभ खनालले ७ रन बनाए । भैरहवाका लागि कृष्ण कार्की,पुनित, अभिनास र रायनले समान एक विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

सुनील धमला

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]