7 years ago
December 9, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान रवि इन्दर सिंहले नटआउट शतक प्रहार गरेपछि टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को तेस्रो खेलमा भैरहवा ग्ल्याडीयटर्सले पोखरा राइनोजलाई ४ विकेटले पराजित गरेको छ ।

पोखराले प्रस्तुत गरेको २ सय १६ रनको विशाल लक्ष्य पछ्याएको भैरहवाले सिंहको शतकमा अन्तिम ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य पुरा गर्दै शानदार विजयी सुरुवात गरेको छ । ईपीएलमा यो कीर्तिमानी जित हो । यो नै प्रतियोगिताको इतिहासमा सर्वाधिक लक्ष्य प्राप्त भएको हो ।
भैरहवाको जितमा सिंह नायक सावित भए । सिंहले ४७ बलमै शतक पुरा गरेका थिए । उनले ६० बलमा ८ चौका र १० छक्का प्रहार गर्दै १ सय २५ रनमा नट आउट रहेपछि भैरहवाले अन्तिम ओभरमा जित निकालेको हो । उनलाई पुनित मेहेरले १८ रनमा नट आउट रहेर साथ दिए ।
aww

रवी इन्द्र सिंह
सुरुवाती दुई ओभरमै ओपनर हरि शंकर शाह र प्रदीप ऐरी भैरहवाले गुमाएको थियो । शाहले खाता खोल्न नसक्दा ऐरीले ११ रनमा पेभिलिएन फर्किए । त्यस्तै कप्तान शरद भेषवाकर ६ र रायन टेन डोस्काटे १६ रनमा आउट भएपछि भैरहवाको ब्याटिङ धरमराउने संकेत देखिएको थियो ।
तर रविन्दर सिंह र आरिफ शेखले उत्कृष्ट ब्याटिङ गरे । पाँचौ विकेटका लागि सिंह र आरिफले ८९ रनको साझेदारी गर्दै भैरहवाको इनिङस उकासेका थिए । आरिफले १३ बलमा २ छक्का प्रहार गर्दै २३ रनमा आउट भए । पोखराका लागि शुशन भारी, विक्रम शोब र कोग्लिनले समान दुई विकेट लिएपनि जितको लागि पर्याप्त हुन सकेन ।

रिचार्ड लेभी (दायाँ) र काइल कोट्जर
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको पोखराले २० ओभरमा ५ विकेटको क्षतिमा २ सय १५ रन बनाएको थियो । ओपनर रिचर्ड लेभी र काइल कोट्जरले पहिलो विकेटको लागी उत्कृष्ट १ सय ४ रनको शतकीय साझेदारी गरेपछि विशाल योगफल बनेको थियो ।
दक्षिण अफ्रिकाका ओपनर समेत रहेका लेभीले आक्रमक ब्याटिङ गरे । २३ बलमा अर्धशतक पुरा गरेका लेभीले ८. २ ओभरमा कृष्ण कार्कीको ओभरमा रायन टेनको हातबाट क्याच आउट हुनु अघि ७९ रन बनाए । उनले ३६ बलमा समान ७ चौका र छक्का गरे । त्यस्तै पोखराका सुनिल धमला र कोट्जरले दोस्रो विकेटका लागि ७१ रनको साझेदारी गरे ।

रिचार्ड लेभी
धमला २२ बलमा १ चौका र २ छक्का प्रहार गर्दै ३८ रनमा पेभिलिएन फर्किए । धमलालाई पुनित महेराले १५. ४ बलमा रायन टेनको हातबाट क्याच आउट गराएका हुन् । त्यस्तै कोट्जरलाई अभिनास बोहराले १६.१ ओभरमा कृष्ण कार्कीको हातबाट क्याच गराउदै ४७ रनमा आउट गरे । उनले ३७ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।
पोखराका अन्य पल कोग्लिन २० , विनोद भण्डारी ६,राजेश पुलामी मगर ३ र सौरभ खनालले ७ रन बनाए । भैरहवाका लागि कृष्ण कार्की,पुनित, अभिनास र रायनले समान एक विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

सुनील धमला

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]