7 years ago
December 9, 2018
एजेन्सी – अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा आइतबार चौथो दिनको खेल सकिदा भारतले आफ्नो दबदबा कायमै राखेको छ । चौथो दिन ३ सय २३ रनको विजयी लक्ष्य पक्ष्याएको अष्ट्रेलियाले १ सय ४ रन जोड्दै ४ विकेट गुमाएको छ ।

भारतलाई हराउन अझैँ पाँचौ दिन अष्ट्रेलियाले २ सय १९ रन बनाउनु पर्ने हुन्छ । अष्ट्रेलियाका लागि शन मार्श ३१ र ट्रभिस हेड ११ रनमा नट आउट रहेका छन् । आरोन फिन्च ११, पिटर हृयान्डस्कोम्बले १४, उस्मान खवजा ८ र मार्कुस हृयारिसले २६ रनमा आउट भए । भारतका लागि रविचन्द्र आश्विन र मोहम्मद शामीले समान दुई विकेट लिएका छन् ।
चौथो दिन १ सय ५१ रन जोड्न ३ विकेट गुमाएको अवस्थाबाट इनिङस बढाएको भारतले थप १ सय ५६ रन बनाउन ७ विकेट विकेट गुमाउँदै ३ सय ७ रनमा अल आउट भयो । चौथो दिन आइतबार भारतका अजिंक्य रहाणे ७० र चेतेश्वर पुजाराले ७१ रन बनाए । पुजाराले २ सय ४ बलमा ९ चौका प्रहार गरे । त्यस्तै हराणेले १ सय ४७ बलमा ७ चौका प्रहार गर्दा ऋषभ पन्तले २८ रन बनाए ।

भारतका पुछारका ३ ब्याट्सम्यान डक आउट भए। त्यस अघि केएल राहुल ४४, मुरली विजय १८ र कप्तान विराट कोहलीले ३४ रन बनाएका थिए । अष्ट्रेलियाका लागि नाथन लोयनले उत्कृष्ट बलिङ गरे । उनले ४२ ओभरमा ७ मेडन सहित १ सय २२ रन खर्चिदा ६ विकेट हात पारे । त्यस्तै मिचेल स्टार्क ३ र जोश हेजलवुडले १ विकेट लिए ।
भारतले पहिलो इनिङसमा भारतले २ सय ५० रन बनाउदा अष्ट्रेलियाले २ सय ३५ रन मात्र बनाउन सक्दा १५ रनले पछि परेको थियो । दोस्रो इनिङसमा भारत ३ सय ७ रनमा समेटीय पछि सम्रगमा अष्ट्रेलिया ३ सय २३ रनको लक्ष्य पाएको हो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]