7 years ago
December 10, 2018
एजेन्सी – अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतले ऐतिहासिक जित निकालेको छ । सोमबार अष्ट्रेलियालाई २ सय ९१ रनमा अल आउट गर्दै ३१ रनले विजयी भएको छ ।यो जितसँगै सन् २००८ देखी अष्ट्रेलिया भूमिमा भारतको जितको खडेरीपनि टोडिएको छ ।
सन् २००८ यता अष्ट्रेलिया भूमिमा टेस्ट जित्ने विराट कोहली पहिलो कप्तान पनि बने । भारतको जितमा मोहम्मद शामी ,जसप्रित बुमराह र रविचन्द्र आश्विनले समान ३ विकेट लिए । त्यस्तै इशान्त शर्माको नाममा १ विकेट रह्यो ।
पाँचौ दिन अष्ट्रेलियाले १ सय ४ रन जोड्दै ४ विकेट गुमाएको अवस्थाबाट खेल्न सुरु गरेको थियो । अष्ट्रेलियाका लागि शन मार्शले १ सय ६६ बलमा ५ चौका प्रहार गर्दै ६० रन बनाए । मार्शलाई ७२.१ ओभरमा बुमराहले विकेट किपर ऋषभ पन्तको हातबाट क्याच आउट गरेपछि अष्ट्रेलियाको जित कठिन बनेको थियो ।
त्यस्तै कप्तान टिम पेन ४१, प्याट कमिन्स र मिचेल स्टार्कले समान २८ रन जोडे । नाथन लायन ४७ बलमा ३ चौका प्रहर गर्दै ३८ रनमा नट आउट रहे । त्यस्तै जोश हेजलवुडलेले १३ रन बनाए । ट्रभिस हेड १४,आरोन फिन्च ११, पिटर हृयान्डस्कोम्बले १४, उस्मान खवजा ८ र मार्कुस हृयारिसले २६ रनमा आउट भए ।
भारतका लागि दोस्रो इनिङ्समा भारतका चेतेश्वर पुजराले ७१, अजिंक्य रहाणे ७०, केएल राहुल ४४, मुरली विजय १८ र कप्तान विराट कोहलीले ३४ रन बनाए पछि ३ सय ७ रन बनाएको थियो । अष्ट्रेलियाका लागि नाथन लोयनले उत्कृष्ट बलिङ गरे । उनले ४२ ओभरमा ७ मेडन सहित १ सय २२ रन खर्चिदा ६ विकेट हात पारे ।
त्यस्तै मिचेल स्टार्क ३ र जोश हेजलवुडले १ विकेट लिए । त्यस्तै पहिलो इनिङसमा चेतेश्वर पुजाराले उत्कृष्ट शतक प्रहार गरेपछि २ सय ५० रनमा अल आउट भएको थियो ।पुजाराले २ सय ४६ बलमा ७ चौका र २ छक्का प्रहार गर्दै १ सय २३ रन बनाएका थिए । अष्ट्रेलियाले पहिलो इनिङसमा २ सय ३५ रन मात्र जोड्न सकेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]