default_image

7 years ago

December 10, 2018

पोखराले ललितपुरलाई दियो १ सय ६७ रनको लक्ष्य

89 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर रिचर्ड लेभीले उत्कृष्ट ब्याटिङ गरेपछि काठमाडौँमा जारी तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पाँँचौ खेलमा पोखरा राइनोजले ललितपुर प्याट्रीयट्सलाई १ सय ६७ रनको लक्ष्य दिएको छ ।

सोमबार टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको हो । पोखराका ओपनर रिचर्ड रेभी र कप्तान कोइल कोट्जरले पहिलो विकेटका लागि १० ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । पवन सराफले १० औं ओभरको अन्तिम बलमा सन्दीप जोराको हातबाट क्याच गराउदै लेभीलाई ८४ रनमा पेभिलिएन फर्काएका थिए ।

आक्रमक ब्याटिङ गरेका लेभीले ३९ बलमा ९ छक्का र ३ चौका प्रहार गरे । पवन सराफलेनै १४ ओभरको पहिलो बलमा सुनिल धमलालाई १० र पाँचौ बलमा कोट्जरलाई एलबीडब्लु आउट गर्दै १९ रनमा पेभिलिएन फर्काएपछि ललितपुर खेलमा फर्किएको थियो । पोखराले अन्तिम १० ओभरमा ३ विकेटको क्षतिमा ६३ रन मात्र जोड्न सक्यो ।

विनोद भण्डारीले २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रनमा नट आउट रहे । त्यस्तै पल कोग्लिनले १४ पनि रन जोडे । ललितपुरका लागि पवनले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ३१ रन खर्चेर सुरुवाती टप अडरका ३ विकेट लिए । ललितपुरका पवन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.