default_image

7 years ago

December 10, 2018

ललितपुरको शानदार जित, पोखराको लगातार दोस्रो हार

110 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – ओपनर गौरभ तमोर र जयकिशन कोल्सावाले कीर्तिमानी शतकीय साझेदारी गरेपछि तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को पाँँचौ खेलमा पोखरा राइनोजलाई ८ विकेटले पराजित गरेको छ । ललितपुर प्याट्रीयट्सको यो लगातार दोस्रो जित हो भने पोखरा लगातार दोस्रो खेलमा पराजित भयो ।

पोखराले प्रस्तुत गरेको १ सय ६७ रनको विजयी लक्ष्य पक्ष्याएको ललितपुरले १५.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । ललितपुरलाई सहज जित दिलाउन ओपनर कोल्सावा र तोमरले १२.३ ओभर सम्म १ सय २९ रनको साभेदारी गर्दै सहज जित दिलाए । शुसन भारीले १२.३ ओभरमा शक्ति गौचनको हातबाट क्याच गराउदै कोल्सावालालाई ५१ रनमा आउट गरे । उनले ३८ बलमा ४ चौका र ३ छक्का प्रहार गरे ।

त्यस्तै ललितपुरलाई सहज जित दिलाउन गौरभले उत्कृष्ट ब्याटिङ गरे । १४ ओभरको अन्तिम बलमा पल कोग्लिनको बलमा शक्तिको हातबाट क्याच हुनु अघि उनले ४१ बलमा ८ छक्का र ४ चौका प्रहार ८२ रनको शानदार पारी खेले । त्यस्तै ललितपुरका सन्नी पटेल २० र सनु तामाङले ११ रनमा नट आउट रहे । पोखराका लागि भारी र कोग्लिन समान एक विकेट लिन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

त्यसअघि टियू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ६६ रन बनाएको हो । पोखराका ओपनर रिचर्ड रेभी र कप्तान कोइल कोट्जरले पहिलो विकेटका लागि १० ओभरमा ९७ रनको साझेदारी गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । पवन सराफले १० औं ओभरको अन्तिम बलमा सन्दीप जोराको हातबाट क्याच गराउदै लेभीलाई ८४ रनमा पेभिलिएन फर्काएका थिए ।

आक्रमक ब्याटिङ गरेका लेभीले ३९ बलमा ९ छक्का र ३ चौका प्रहार गरे । पवन सराफलेनै १४ ओभरको पहिलो बलमा सुनिल धमलालाई १० र पाँचौ बलमा कोट्जरलाई एलबीडब्लु आउट गर्दै १९ रनमा पेभिलिएन फर्काएपछि ललितपुर खेलमा फर्किएको थियो । पोखराले अन्तिम १० ओभरमा ३ विकेटको क्षतिमा ६३ रन मात्र जोड्न सक्यो ।

विनोद भण्डारीले २३ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३४ रनमा नट आउट रहे । त्यस्तै पल कोग्लिनले १४ पनि रन जोडे । ललितपुरका लागि पवनले उत्कृष्ट बलिङ गरे । उनले ४ ओभरमा ३१ रन खर्चेर सुरुवाती टप अडरका ३ विकेट लिए । ललितपुरका पवन बाहेक अन्य कुनैपनि बलरले विकेट लिन सकेनन् ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.