default_image

7 years ago

December 11, 2018

सुपर ओभरमा विराटनगरले पोखरालाई हरायो !

96 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबारको पहिलो खेलमा विराटनगर वारीयर्सले पोखरा राइनोजलाई सुपर ओभरमा पराजित गरेको छ । सुपर ओभरमा विराटनगरले २० रन जोड्दा पोखराले १३ रन मात्र जोड्न सक्यो ।

त्यसअघि दुवै टोलीले आफ्नो इनिङसमा ८४ रन जोडेपछि खेल सुपर ओभरमा पुगेको थियो । पहिलो ब्याटिङ गरेको पोखराले २० ओभरमा ७ विकेट गुमाउँदै ८४ रन जोड्दा विराटनगर अन्तिम ओभरमा ८४ रन जोड्दै अलआउट भएको थियो ।

सुपर ओभरमा विराटनगरका लागि करण केसी र पारस खड्का ब्याटिङमा आएका थिए । पोखराका पल कोग्लिनको बलिङमा करणले तेस्रो र पाँचौ बलमा छक्का प्रहार गरे । बाँकी सबै बलमा २ रन लिएपछि विराटनगरले २० रन जोडेको थियो ।

जवाफी ब्याटिङमा पोखराका रिचार्ड लेभी र विनोद भण्डारी ब्याटिङमा आएका थिए । विराटनगरका रोलफ भान डर मर्वले लेभीलाई पहिलो बल डट र दोस्रोमा एक रन खर्चे । तेस्रो बलमा विनोदले छक्का प्रहार गरे । चौथो र पाँचौ बलमा एक-एक रन भयो । अन्तिम बलमा चौका भयो । पोखराले सुपर ओभरमा १३ रन मात्र जोड्यो ।

भान मिकरेन

त्यसअघि ८५ रनको सामान्य लक्ष्य पछ्याएको विराटनगर अन्तिम ओभरमा ८४ रनमा अलआउट भएपछि खेल सुपर ओभरमा धकेलिएको थियो । विराटनगरका कप्तान पारस खड्का आफै ओपनरको रुपमा मैदान उत्रिएका थिए । पहिलो ओभरको तेस्रो बलमै ओपनर अनिल कुमार शाहलाई विपिन खत्रीको हातबाट क्याच गराउदै शुसन भारीले खाता सम्म खोल्न दिएनन् । दोस्रो ओभरको पहिलो बलमै पारस खड्कालाई विपिन खत्रीले विकेटकीपर सुबेन्दु पाण्डेको हातबाट क्याच गराउँदै १ रनमा पेभिलिएनको बाटो देखाएका थिए ।

छैटौं ओभरको दोस्रो बलमा शक्ति गौचनले आशिफ शेखलाई १९ रनमा कप्तान काइल कोट्जरको हातबाट क्याच आउट गराएपछि विराटनगरले खराव सूरुवात गरेको थियो । शुसन भारीले सातौं ओभरको तेस्रो बलमा स्मीत पटेललाई ८ रनमा पेभिलिएन फर्काएपछि विराटनगर ७ ओभरमा ३४ रन बनाउन ४ विकेट गुमाएको अवस्थामा पुगेको थियो । विपिन खत्रीले ८. २ ओभरमा रोलफ भान डर मर्वलाई ११ रनमा बोल्ड आउट गर्दिए ।

विराटनगर वारीयर्स

पल कोग्लिनले रबिन क्षेत्रीलाई १२ ओभरको दोस्रो बलमा १२ र विक्रम सोबले १३ ओभरको चौथो बलमा सुमित महर्जनलाई ४ रनमा आउट गरेपछि पोखराको जितको आसा देखाएको थियो । विराटनगर १३ ओभरमा ५७ रन बनाउन ७ विकेट गुमाउदै कमजोर अवस्थामा पुगेको थियो ।

करण केसीले १९ बलमा समान १ चौका र छक्का प्रहार गर्दै १५ रनमा आउट भए । हरि चौरान १२ रनमा नट आउट रहे । पोखराका लागि विपिन खत्रीले ३, शुसन भारी, पल कोग्लिन र बिक्रम सोवले समान दुई विकेट लिए । शक्ति गौचनले १ विकेट लिए ।

राजेश पुलामी मगर

त्यसअघि कीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको पोखराले २० ओभरमा ७ विकेटको क्षतिमा ८४ रन बनाएको थियो । पोखराको सुरुवात देखीनै खराब प्रर्दशन गर्यो । पोखराले ३.५ ओभरमा १९ रन बनाउन ४ विकेट गुमाएको थियो । पहिलो विकेटका रुपमा कप्तान काइल कोट्जरलाई ४ रनमा रोलफ भान डर मर्वले पहिलो ओभरको अन्तिम बलमा विकेटकीपर आशिफ शेखको हातबाट क्याच आउट गराउदै पेभिलिएन फर्काए ।

पल भान मिकरेनले दोस्रो ओभरको दोस्रो बलमा सुबेन्दु पाण्डेलाई डक आउट र तेस्रो ओभरको तेस्रो बलमा मर्वले रिचर्ड लेभीलाई ४ रनमा पेभिलिएनको बाटो देखाएपछि पोखरा सूरुवातमै दबाबमा परेको थियो । त्यस्तै चौथो ओभरको पाँचौ बलमा बसन्त रेग्मीले विनोद भण्डारीलाई १ र पल कोग्लिनलाई ११ ओभरको तेस्रो बलमा मिकरेनलेले २० रनमा आउट गरेपछि पोखरा ४९ रन जोड्न ५ विकेट गुमाएर कमजोर अवस्थामा पुगेको थियो ।

पोखराको विकेट पतन निरन्तर जारी रह्यो । निरन्तर विकेटको सिलिसिलालाई कुनै पनि ब्याट्सम्यानले रोक्न सकेनन् । छैटौं विकेटका लागि शुसन भारी र राजेश पुलामी मगरले २१ रनको साझेदारी गर्दै पोखराको इनिङ उकास्ने प्रयास गरेका थिए । तर स्मित पटेलले १५.५ ओभरमा राजेशलाई १७ रनमा करण केसीको हातबाट क्याच गराउदै पेभिलिएन फर्कापछि पोखरा पूर्णरुपमा धरासयी बनेको थियो । सातौं विकेटका रुपमा भारी ८ रनमा आउट भए । शक्ति गौचन ३ र बिक्रम शोब ५ रनमा नट आउट रहे ।

विराटनगरका लागि पल भान मिकरेनले ४ ओभरमा १७ रन खर्चेर ३ वकेट लिए । रोलफ भान डर मर्वले ४ ओभरमा २० रन खर्चेर २ विकेट लिए । सन्नी पटेलले कसिलो बलिङ गरे । पटेलले ४ ओभरमा १० रन खर्चेर १ विकेट लिए । बसन्त रेग्मीको नाममा पनि १ विकेट रह्यो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.