7 years ago
December 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) को सातौं खेलमा भैरहवा ग्ल्याडीयटर्सले चितवन राइनोजसामु १ सय ४४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको भैरहवाले १९.३ ओभरमा अल आउट हुदैँ १ सय ४३ रन बनाउन सक्यो । ओपनर कुशल मल्ल र प्रदीप ऐरीले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गर्दै मध्यम सरुवात गरेका थिए । पल स्टरलिङको पाँचौ ओभरको चौथो बलमा प्रदीप एरीलाई २६ रनमा पृथु वास्कोटाले रन आउट गराउदा अर्को बलमा मल्ललाई बोल्ड गर्दै ३ रनमा आउट गर्दै दुबै ओपनरलाई पेभिलिएन फर्काए ।
दिपेन्द्रसिंह ऐरीले ११ ओभरको चौथो बलमा रवि इन्दर सिंहलाई २५ रन बनाएको अवस्थामा विकेटकीपर जोन सिम्पसनको हातबाट क्याच र त्यसको एक बल पछि कप्तान शरद भेषवाकर १ मा रन आउट भएपछि चितवन खेलमा फर्किएको थियो । कुनै समय ११ ओभर भित्र ८२ रन जा्ड्न ४ विकेट गुमाएको भैरहवालई पाँचौ विकेटका लागि रायन टेन डोस्काटे र आरिफ शेखले ३३ रनको साझेदारी गर्दै सम्मानजनक स्थितीमा पुर्याउन खोजेका थिए ।

रवी इन्दर सिंह
तर सागर ढकालले १६ ओभरको पहिलो बलमै डेस्काटेलाई ३५ रनमा आउट गर्दै पेभिलिएनको बाटो देखाएपछि खेलमा चितवन हाबी देखािएको थियो । डोस्काटेले २५ बलमा ३ छक्का र १ चौका प्रहार गरे । सागर ढकालले आफ्नो अन्तिम स्पेलमा १८ औा ओभरको दोस्रो बलमा आरिफ र तेस्रो बलमा पुनित महेरालाई आउट गरेपछि भैरहवा ठूलो स्कोर बनाउनबाट चुकेको हो । आरिफ २० बलमा समान १ छक्का र चौका प्रहार गर्दै १८ रन बनाउदा पुनितले १२ रन जोड्न सके । रोहित कुमार पौडेलले ४ र कृष्ण कार्कीले ९ रन बनाए ।
भैरहवालाई मध्यम स्कोरमा रोक्न युवा खेलाडी सागर ढकालले धातक बलिङ गरे । उनले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । जर्ज स्कटले २, पल स्टिरलिङ, ललितसिंह भण्डारी र दिपेन्द्रसिंह ऐरीले समान एक एक विकेट लिए । सरुवाती दुई खेलमा लगातार पराजित भएको चितवनले अघिल्लो चरणको यात्रा कायमै राख्न आजके खेल जित्नै पर्ने हुन्छ ।

साहब आलम
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]