7 years ago
December 11, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भैरहवा ग्ल्याडीयटर्सले एभरेष्ट प्रिमियर लिग (ईपीएल) अन्तर्गत मंगलबारको दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले पराजित गर्दा अलराउण्ड प्रदर्शन गरेका डच खेलाडी रायन टेन डोस्काटे खेलको म्यान अफ द म्याच चुनिए ।

तस्बिर सौजन्य : भैरहवा ग्ल्याडीयटर्सको फेसबुक
भैरहवाको लागि रायन टेन डोस्काटे र अभिनाश बोहोराले घातक बलिङ गरेका थिए । बोहाराले ४ ओभरमा १३ रन खर्चेर १ विकेट लिँदा डोस्काटेले समान ओभरमा मात्र १२ रन खर्चेर एक महत्वपूर्ण विकेट लिए । डोस्काटेले पल स्टरलिङलाई आउट गर्दा अभिनास बोहोराले महत्वपूर्ण समयमा दिलिप नाथलाई आउट गरेका थिए ।
खेल सकिएपछि म्यान अफ द म्याच डोस्काटेलाई दिईयो । डोस्काटेले ब्याटिङमा पनि ३५ रनको योगदान दिएका थिए । त्यसैले पनि म्यान अफ द म्याच पाउनु स्वभाविक थियो । तर टिम होटलमा पुगेर डोस्काटेले आफुले पाएको म्यान अफ द म्याच भने अभिनाश बोहोरालाई दिएका छन् । भैरहवाले फेसबुक पेजमार्फत डोस्काटेले अवार्ड अभिनासलाई दिएको जनाएको छ ।
डोस्काटेले जितपछि पत्रकार सम्मेलनमा बोल्दै अभिनसको प्रशंसा पनि गरेका थिए । उनले नेपाली क्रिकेटमा प्रतिभा भरपुर रहेको तर खेलाडीहरु मानसिक रुपमा बलियो हुनुपर्ने पक्षबारे बोलेका थिए । खेलमा उत्कृष्ट प्रर्दशन गर्ने एक खेलाडीले मात्र यस्तो पुरस्कार पाउने गर्दछन् । आफुले पाएको पुरस्कार डोस्काटेले अभिनासलाई दिएर जुन महानता देखाएका छन् त्यसले अभिनासलाई अझै राम्रो प्रर्दशन गर्न प्रेरणा समेत मिल्ने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]