7 years ago
December 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज काठमाडौँ किंग्स इलाभेनसँग खल्नु अघि ललितपुर पेट्रियट्सलाई झट्का लागेको छ । ललितपुर पेट्रियट्सका भारतीय खेलाडी गौरभ तोमरले अवका बाँकी खेलमा बलिङ्ग गर्न नपाउने भएका छन् ।
उनको बलिङ्ग शंकास्पद लागेर दुई अन–फिल्ड अम्पायरले रिपोर्ट गरेका थिए । प्रतियोगिताको प्राविधिक कमिटीले भिडियो एनलाइसिस गरेपछि उनको बलिङ्ग शैलि अबैधानिक रहेको पाईएपछी आयोजकले प्रतिवन्ध लगाएको हो । तोमरले जारी ईपीएलमा ३ खेलमा चार विकेट लिएका छन् । उनले बिराटनगर वारियर्सबिरुद्धको पहिलो खेलमा चार ओभरमा २६ रन खर्चदै तीन विकेट लिएका थिए । तर ललितपुर ३ विकेटले पराजित हुन पुगेको थियो ।
चितवन टाइगर्सबिरुद्धको दोश्रो खेलमा तोमरले चार ओभरमै २४ रन खर्चिदा एक विकेट लिए । पोखरा राइनोजबिरुद्धको खेलमा भने तोमर विकेट बिहिन थिए । लेग स्पिनर सन्दीप लामिछाने विग ब्यास र बंगलादेश प्रिमियर लिग खेल्नको लागि अष्ट्रेलिया गएको कारण ललितपुरलाई बलिङ्गमा केहि कमजोर देखिएको छ । यसै क्रममा तोमरले पनि बलिङ्ग गर्न नपाउने भएपछि ललितपुर केहि संकटमा पर्ने छ ।
त्यस्तै पोखराका विकेटकीपर सुबेन्दु पाण्डेपनि कारबाहीमा परेका छन् । उनले मंगलबार विराटनगर वारियर्सबीचको खेलमा एम्पारसँग अनावश्यक आउटको अपिल गरेको भन्दै कारबाहीमा परेका हुन् । उनले काहरबाही स्वरुपमा उक्त खलको १० % प्रतिशत रकम काटिने छ । आइसीसीको नियम विपरित अपिल गरेको आयोजकले जनाएको छ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]