default_image

5 years ago

December 12, 2018

विराटनगरलाई हराउँदै भैरहवा प्लेअफमा

काठमाडौं (हाम्रो खेलकुद) – निकै रोमान्चक खेलमा साविक विजेता विराटनगर वारीयर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडीयटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भैरहवाको जितमा मोहमद नविदले उत्कृष्ट प्रदर्शन गरे । लगातार तेस्रो जित निकाल्ने क्रममा ९२ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्दै प्ले अफ […]

28 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – निकै रोमान्चक खेलमा साविक विजेता विराटनगर वारीयर्सलाई ४ विकेटले पराजित गर्दै भैरहवा ग्ल्याडीयटर्स एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भैरहवाको जितमा मोहमद नविदले उत्कृष्ट प्रदर्शन गरे ।

लगातार तेस्रो जित निकाल्ने क्रममा ९२ रनको विजयी लक्ष्य पछ्याएको भैरहवाले अन्तिम ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्दै प्ले अफ पुग्ने पहिलो टिम पनि बन्यो । अन्तिम ६ बलमा ६ रन चाहिएको अवस्थामा पारस खड्का आफै बलिङ गर्न आएका थिए । रोहित कुमार पौडेलले चौथो बलमा १ रन लिँदै खेल जिताए । रोहित ७ र मोहम्मद नाविद ३ रनमा नट आउट रहे ।

भैरहवाले अव बाँकी दुबै खेलमा पराजित भएपनि प्ले अफमा पुग्ने छ तर कुन स्थानमा रहेर भन्ने बाँकी खेलको नतिजामा भर पर्ने छ । पोखरा राइनोज र चितवन राइनोजले लगातार तीन खेलमा पराजित भएको कारण भैरहवा दुई खेल अगावै प्ले अफमा पुगेको हो । ईपीएलमा शिर्ष चार टोली प्ले अफ स्थान बनाउने छन् । विराटनगर, ललितपुर प्याट्रीयट्स, काठमाडौँ किंग्स इलाभेनको प्ले अफको उच्च संभावना छ भने चितवन टाइगर्स र पोखरा राइनोजको पनि अंक गणितीय झिनो आसा रहेको छ । भैरहवाले पहिलो खेलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दा दोस्रो खेलमा चितवन टाइगर्सलाई १२ रनले हराएको थियो ।

मोहमद नविद

सामान्य लक्ष्य पक्ष्याएको भैरहवाले सुस्त गतिमा ब्याटिङ गरेको थियो । पहिलो विकेटका लागि ओपनर प्रदीप ऐरी र शेर मल्लले २१ रनको साभेदारी गर्दै मध्यम सूरुवात दिलाएका थिए । ४.४ ओभरमा रोलफ भान डर मर्वले प्रदीप ऐरीलाई १० रनमा बोल्ड आउट गर्दै विराटनगरलाई पहिलो सफलता दिलाए ।

लगतै अर्को ओभरमा पल भान मिकरेनलेले मल्ललाई ७ रनमा आउट गरे । त्यस्तै मर्वले नवौं ओभरको पाँचौ बलमा आफै उत्कृष्ट क्याच लिदै रविइन्दर सिंहलाई १२ रनमा आउट गरेपछि विराटनगरले जितको झिनो आसा देखाएका थिए । तर चौथो विकेटका लागि कप्तान शरद भेषवाकर रायन टेन डेस्काटेले ३३ रनको साझेदारी गरेपछि विराटनगरको झिनो जितको आसा समाप्त भएको थियो । १५.५ ओभरमा बसन्त रेग्मीले मर्वले उत्कृष्ट क्याच लिदै डेस्काटेलाई २० रनमा आउट गरे ।

रोलफ भान डर मर्व

डोस्काटेले ३३ बलको सामना गरेका थिए । शरद १६ रनमा आउट भए । शरदलाई १८.१ ओभरमा रविन क्षत्रिले बोल्ड आउट गरे । विराटनगरका लागि मर्वले २ र मिकरेनले, बसन्त रेग्मी, करण केसी र रनिव क्षेत्रीले समान एक विकेट लिएपनि टिमको हार टार्न भने सकेनन् ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको विराटनगरले १८.४ ओभरमा सबै विकेट गुमाएर मात्र ९१ रन बनाउन सक्यो । विराटनगरका लागि शीर्ष क्रमका कुनै पनि ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । ओपनर ब्याटिङ गर्न आएका कप्तान पारस खड्का १, अनिल कुमार शाह ४, आशिफ शेख डक र बाबर हायात ६ रनमा आउट भएपछि पहिलो पावर प्ले अर्थात ६ ओभरमा २४ रन जोड्न शिर्ष ४ ब्याटस्म्यान गुमाएको थियो ।

कृष्ण कार्की

पारस खड्कालाई कृष्ण कार्कीले दोस्रो ओभरको पहिलो बलमै कप्तान शरद भेषवाकरको हातबाट क्याच गराउदै पेभिलिएनको बाटो देखाएका थिए । नविदले तेस्रो ओभरको चौथो बलमा अनिल कुमार शाहलाई रोहित कुमार पौडेलको हातबाट क्याच गराउदा पाँचौ बलमा शेखलाई विकेटकीपर प्रदीप ऐरीको हातमा क्याच थमाउँदै लगातार पेभिलिएन फर्काएपछि ६ रन जोड्न विराटनगर ३ विकेट गुमाउँदै दयनिय अवस्थामा पुग्नु परेको थियो ।

त्यस्तै कृष्ण कार्कीको छैटौं ओभरको दोस्रो बलमा आरिफ शेखले उत्कृष्ट क्याच लिँदै बाबरलाई आउट गरेपछि विराटनगर संकटमा परेको थियो । विराटनगरको विकेट पतन सिलशिला निरन्तर जारी रह्यो । नवौ ओभरको दोस्रो बलमा रायन टेन डेक्काटेले सुमित महर्जनलाई १५ रनमा आउट गरेपछि सुरुवाती १० ओभर खेल पुरै भैरहवा हावी रह्यो । सातौ विकेटका लागि रोलफ भान डर मर्व र करण केसीले २५ रनको साझेदारी विराटनगरलाई आसा देखाएका थिए । तर १३ औँ ओभरको अन्तिम बलमा अभिनास बोहराले कट निकल्दै विकेटकीपर प्रदीपको हातबाट मर्वलाई आउट गरेपछि विराटनगरको ठूलो स्कोरको आसा सकिएको थियो । उनले २९ बलमा २ चौका प्रहार गरे ।

भैरहवा ग्ल्याडीयटर्स

लगत्तै अर्को ओभरका करण केसीलाई शरद भेषवाकरले १८ रनमा अभिनाशको हातबाट क्याच गराएपछि विराटनगर सस्तैमा समेटिएको हो । करणले १९ बलमा समान १ चौका र छक्का प्रहार गरे । विराटनगरको विकत पतन निरन्तर जारी रह्यो । भैरहवाका बलर सामु विराटनगरका ब्याट्सम्यान निरीह सावित भए । त्यस्तै मोहम्मद नविदले १८ औँ ओभरको तेस्रो बलमा बसन्त रेग्मीलाई ५ र पाँचौ बलमा रविन क्षेत्रीलाई डक आउट गर्दिए ।

पुछारका ब्याट्सम्यान हरि चौरानले १३ रनमा नट आउट रहे भैरहवाका लागि मोहम्मद नविदले घातक बलिङ गरे । नविदले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । त्यस्तै कृष्ण कार्की र अभिनाश बोहराले समान दुई विकेट लिदा शरद भेषवाकर र रायन टेन डेस्काटेले पनि एक एक विकेट लिए ।

April 23, 2024

लगातार चौथो जितपछि बागमती शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद) – गौतम केसीले सानदार बलिङ गर्दै ५ विकेट लिंदा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि वीर गणेशमान सिंह राष्ट्रिय टी-ट्वान्टी च्याम्पिनसिपमा ७ विकेटको सहज जित निकालेको छ। बागमतीको जितमा गौतमको बलिङ नै प्रमुख बन्यो। बागमतीको यो लगातार चौथो जित हो र ८ अंक सहित शीषस्थानमा उक्लिएको छ। जितको लागि १ सय २१ रनको सहज […]

April 23, 2024

नेपालसँग खेल्ने वेस्ट इन्डिज ‘ए’ टोलीको घोषणा

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल क्रिकेट टोलीसँगको ५ टि ट्वान्टी खेलका लागि वेस्टइन्डिज क्रिकेट बोर्डले सोमबार ‘ए’ टोली घोषणा गरेको छ । दुई पटकको टि ट्वान्टी विश्वकप विजेता वेस्ट इन्डिजको ए टोलीको कप्तानमा रोस्टन चेस छन् । कीर्तिपुरस्थित त्रिवि मैदानमा यी दुई टोलीबीच पहिलो खेल हुनेछ। सन् २०१६ मा वेस्ट इन्डिजले विश्वकप जित्दाका ब्याटर जोनसन चार्ल्स र […]

April 23, 2024

राजस्थानको जितमा यशस्वीको शतक

एजेन्सी – यशस्वी जैसवालको शानदार शतकसहित राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा सोमबार मुम्बई इन्डियन्सविरुद्ध ९ विकेटले हराएको छ । १ सय ८० रनको लक्ष्यसहित उत्रेको राजस्थानले १८.४ ओभरमा १ विकेटको क्षेतिमा १ सय ८३ रन जोड्दै जित हासिल गरेको हो । दमदार सुरुवात गरेको राजस्थानका लागि यशस्वी र जोस बटलरले पहिलो विकेटका लागि […]

Success

Thank you for your time.