7 years ago
December 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा बुधबार भएको दोस्रो खेलमा काठमाडौं किंग्स इलाभेनले फितलो ब्याटिङ गर्दै ललितपुर प्याट्रीयट्सलाई जितको १ सय १० रनको लक्ष्य दिएको छ ।

टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा अल आउट हुदै १ सय ९ रन जोड्यो । काठमाडौंका लागि कप्तान केभिन ओ,ब्रयानले ४२ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्समयानले राम्रो प्रर्दशन गर्न सकेनन् । केभिनले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । काठमाडौंका ३ ब्याट्सम्यान डक आउट भए ।
ओपनर सागर पुनलाई राशिद खानले पहिलो ओभरको पाँचौ बलमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराउदैँ डक आउट पठाए । त्यस्तै दोस्रो ओभरको पहिलो बलमा सोनु तामङले नरेश बुढाएरलाई पनि रन आउट भए । बुढाएरले खाता सम्म खोल्न पाएनन् । चौथो ओभरको दोस्रो सन्नी पटेलले अमित श्रेष्ठलाई एलपि डब्लु आउट गर्दै ६ रनमा पेभिलिएन फकाएपछि ललितपुर १३ रन जोड्न ३ विकेट गुमाएको थियो ।

केभीन ओ ब्राएन
काठमाडौंको निरन्तर विकेट पतन जारी रह्यो । राजु रिजाल ८ र आनन्द ९ रनमा आउट भए । त्यस्तै केभिन ११.४ ओभरमा केभिनलाई पवन सरार्फले गौरभ तोमरको हातबाट क्याच आउट गरेपछि काठमाडौं ब्याटिङ धरासय बनेको थियो । त्यस्तै प्रदीप साहुले पनि खात सम्म खोल्न सकेनन् । आठौँ विकेटको रुपमा सिद्धान्त लोहली र सांसद शेखले १९ रनको साझेदारी गर्दै काठमाडौँलाई सम्मानजनक अवस्थामा पुर्याउने संकेत देखाएका थिए ।
तर राशिदले शेखलाई १० रनमा आउट गर्दै पाट्नरशिप तोडे । सिद्धान्त लोहनीले १९ ओभरको पहिलो बलमा योगेन्द्रलाई चौका,दोस्रोमा छक्का प्रहार गर्दा पाचौँ बलमा भने राशिद खानलाई क्याच दिदैँ पेभिलिएन फर्किएपछि काठमाडौँ सस्तैमा समेटिएको हो । सिद्धान्तले २५ बलमा समान एक चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाए । जितेन्द्र मुखिया ४ र चन्द्र पौडेलले २ रनमा नट आउट रहे । चन्द्रले आज डेब्यू गरेका हुन् ।

पवन सर्राफ
ललितपुरका पवन सरार्फले घातक बलिङ गरे । उनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । राशिद खानले ४ ओभरमा १७ रन खर्चदै २ विकेट लिए । योगेन्द्र सिंह कार्की २ र सन्नी पटेलले पनि एक विकेट लिए । ललितपुर आजको खेलमा विजयी भए प्ले अफमा स्थान बनाउने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]