7 years ago
December 12, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय ओपनरद्वय गौरव तोमर र जयकिशन कोल्सावालाले शतकीय साझेदारी गरेपछि ललितपुर प्याट्रीयट्सले काठमाडौं किंग्स एलेभेनलाई १० विकेटले पराजित गरेको छ । काठमाडौंले प्रस्तुत गरेको १ सय १० रनको सामान्य लक्ष्य ललितपुरले ११ औं ओभरमा पूरा गर्यो । लगातार तेस्रो जितसँगै ललितपुर प्लेअफमा पुगेको छ ।

गौरव तोमर
ललितपुरले तोमरको आक्रमक उत्कृष्ट अर्धशतकीय ब्याटिङमा १०.३ ओभरमा विना विकेटको क्षतिमा १ सय १५ रन बनाउँदै प्ले अफमा पुगेको छ । ओपनर गौरभ तोमर र जयकिशन कोल्सावालाले १ सय १५ रनको अविजीत साझेदारी गर्दै ललितपुरलाई सहज र फराकिलो जित दिलाए । तोमरले छैटौँ ओभरमा चन्द्र पौडेलमा लगातार चार बलमा चौका र अन्तिम बलमा छक्का प्रहार गरेका थिए ।
चन्द्र पौडेलको ११ औँ ओभरको दोस्रो र तेस्रो बलमा लगातार छक्का हानेर खेल फिनिसिङ गरेका तोमरले कुल ३५ बल ९ चौका र ५ छक्का प्रहार गर्दै ८० रनमा नट आउट रहे । कोल्सावालाले २८ बलमा ४ चौका प्रहार गर्दै २७ रनमा नट आउट रहे । चन्द्र पौडेल महँगो सावित भए । २.३ ओभरमा ४१ रन खर्चे । काठमाडौँका कुनै पनि बलरले विकेट लिन सकेनन् ।
त्यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको काठमाडौंले २० ओभरमा अल आउट हुदै १ सय ९ रन जोड्यो । काठमाडौंका लागि कप्तान केभिन ओ’ब्रयानले ४२ रन बनाउन बाहेक अन्य कुनै पनि ब्याट्समयानले राम्रो प्रर्दशन गर्न सकेनन् । केभिनले ३३ बलमा ३ चौका र २ छक्का प्रहार गरे । काठमाडौंका ३ ब्याट्सम्यान डक आउट भए । ओपनर सागर पुनलाई राशिद खानले पहिलो ओभरको पाँचौ बलमा ज्ञानेन्द्र मल्लको हातबाट क्याच गराउदैँ डक आउट पठाए ।

त्यस्तै दोस्रो ओभरको पहिलो बलमा सोनु तामङले नरेश बुढाएरलाई पनि रन आउट भए । बुढाएरले खाता सम्म खोल्न पाएनन् । चौथो ओभरको दोस्रो सन्नी पटेलले अमित श्रेष्ठलाई एलपि डब्लु आउट गर्दै ६ रनमा पेभिलिएन फकाएपछि ललितपुर १३ रन जोड्न ३ विकेट गुमाएको थियो । केभीन ओ ब्राएन काठमाडौंको निरन्तर विकेट पतन जारी रह्यो । राजु रिजाल ८ र आनन्द ९ रनमा आउट भए ।
त्यस्तै केभिन ११.४ ओभरमा केभिनलाई पवन सरार्फले गौरभ तोमरको हातबाट क्याच आउट गरेपछि काठमाडौं ब्याटिङ धरासय बनेको थियो । त्यस्तै प्रदीप साहुले पनि खात सम्म खोल्न सकेनन् । आठौँ विकेटको रुपमा सिद्धान्त लोहली र सांसद शेखले १९ रनको साझेदारी गर्दै काठमाडौँलाई सम्मानजनक अवस्थामा पुर्याउने संकेत देखाएका थिए ।
तर राशिदले शेखलाई १० रनमा आउट गर्दै पाट्नरशिप तोडे । सिद्धान्त लोहनीले १९ ओभरको पहिलो बलमा योगेन्द्रलाई चौका,दोस्रोमा छक्का प्रहार गर्दा पाचौँ बलमा भने राशिद खानलाई क्याच दिदैँ पेभिलिएन फर्किएपछि काठमाडौँ सस्तैमा समेटिएको हो । सिद्धान्तले २५ बलमा समान एक चौका र एक छक्का प्रहार गर्दै २१ रन बनाए ।

केभीन ओ ब्राएन
जितेन्द्र मुखिया ४ र चन्द्र पौडेलले २ रनमा नट आउट रहे । चन्द्रले आज डेब्यू गरेका हुन् । ललितपुरका पवन सरार्फले घातक बलिङ गरे । उनले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । राशिद खानले ४ ओभरमा १७ रन खर्चदै २ विकेट लिए । योगेन्द्र सिंह कार्की २ र सन्नी पटेलले पनि एक विकेट लिए ।
ललितपुर ४ खेलमा ३ मा जित र १ मा हारका साथ शिर्ष स्थानमा छ । त्यस्तै लगातार ३ खेलमा जित निकाल्दै भैरहवा ग्याडीयटर्सले पनि दुई खेल अगावै प्ले अफमा पुगि सकेको छ । ३ खेलमा २ मा जित र १ मा हारका साथ तेस्रो स्थानमा रहेको विराटनगर वारियर्सले बाँकी दुई मध्य एक खेलमा जित निकाल्न सके प्ले अफमा पुग्ने छ ।
त्यस्तै २ खेलमा १ मा जित र १ मा ब्योहोरेको काठमाडौँले बाँकी तीन खेलमा दुई जित निकाल्न सके चितवन टाइगर्स र पोखरा राइनोजको अघिल्लो यात्रा सकिने छ । पोखरा र चितवनले लगातार तीन खेलमा पराजित भएका छन् भने बाँकी दुई खेल खेल्ने छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]