7 years ago
December 12, 2018
एजेन्सी – अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतले ऐतिहासिक जित निकाल्यो । सोमबार अष्ट्रेलियालाई ३१ रनले पराजित गर्दै भारतले ४ टेस्टको श्रृंखला १-० को अग्रता लिन सफल भयो ।

यो जितसँगै सन् २००८ देखी अष्ट्रेलिया भूमिमा भारतको जितको खडेरीपनि तोडिएको छ । तर भारतको जित भने विवादबाट अछुतो रहन सकेन । अन्तिम विकेटको रुपमा जोश हेजलवुडको क्याच केएल राहुलले लिएको निकै विवाद र सामाजिक सञ्जालमा भाईरल बनेको छ । त्यस्तै भारतको विवादित जितमा भने यी ५ कीर्तिमान बनेका छन् :
ऋषव पन्तको सर्वाधिक क्याच बराबरी
एकै टेस्टमा पन्तले सार्वधिक क्याच लिने विकेटकीपरको विश्व रेकर्ड बराबरी गरेका छन् । पन्तले पहिलो टेस्टमा पहिलो र दोस्रो इनिङ्स गरि कुल कुल ११ क्याच लिए । यस अघि सन् १९९५ माम इंग्ल्यान्डका ज्याक रसेल र सन् २०१३ मा दक्षिण अफ्रिकाका पुर्व विकेटकीपर एवि डी भिलियर्सको नाममा पनि ११ विकेट रहेको छ । ज्याकले दक्षिण अफ्रिकाबीरुद्ध र डी भिलियर्सले पाकिस्तानबिरुद्ध यो रेकर्ड कायम गरेका थिए ।
सर्वाधिक ब्याट्सम्यान क्याच आउट
भारत र अष्ट्रेलियाको पहिलो टेस्टमा दुई पारीमा गरि ३५ ब्याट्सम्यान क्याच आउट भए । यस अघि गत वर्ष अष्ट्रेलिया र दक्षिण अफ्रिकाविरुद्धको तेस्रो टेस्मा ३४ ब्याट्सम्यान क्याच आउटको शिकार बनेका थिए । जुन टेस्टमा बल टेम्परिङ काण्डका कारण निकै विवादित बनेको थियो । जसका कारण स्टिभ स्मिथ र डेविड वार्नरले एक वर्षको प्रतिवन्ध खेपिरहेका छन् ।
एसियाको पहिलो कप्तान बने कोहली
इंग्ल्यान्ड, दक्षिण अफ्रीका र अस्ट्रेलियामा टेस्ट जित्ने विराट कोहली पहिलो एसियाली कप्तान बनेका छन् । यस अघि एसियाका कुनै पनि टेस्ट कप्तानले यी तिनै देशमा जित निकाल्न सकेका थिएनन् । त्यस्तै सन् २००९ यता अष्ट्रेलियामा टेस्ट जित्ने भारत एसियाको पहिलो टिम बनेको छ ।
१० वर्षपछि अष्ट्रेलियन भूमिमा भारतको जित
भारतले सन् २००८ पछि अष्ट्रेलियन भूमिमा पहिलो टेस्ट जितेको छ । त्यस्तै एडिलेडमा अष्ट्रेलियाले सन् २०१० पछि पहिलो पटक हारेको छ ।
लगातार ६ टेस्टमा अष्ट्रेलिया पराजित
सन् २०१३ यता पहिलो पटक अष्ट्रेलियाले लगातार ६ टेस्टमा पराजित भएको छ । त्यस्तै टीम पेन लगतार ४ टेस्टमा पराजित हुने सन् १९२८/२९ पछि अष्ट्रेलियाको पहिलो कप्तानको बनेका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]