7 years ago
December 13, 2018
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान ज्ञानेन्द्र मल्ललाई क्रिकेट सामग्री उत्पादन तथा विक्री गर्ने ‘ट्वीस्टर‘ कम्पनिले प्रायोजन गर्ने भएको छ ।

ट्वीस्टरले उपकप्तान मल्ललाई दुई वर्ष प्रायोजन गर्ने भएको हो । मल्ल र ट्वीस्टरबीच दुई वर्षका लागि करिब १० लाख भारतिय रुपैंया (नेपाली १६ लाख रुपैयाँ) बराबरको प्रायोजन सम्झौता भएको छ । सम्झौता पत्रमा ज्ञानेन्द्र स्वयं र ट्वीस्टरबाट केयुर देसाईले हस्ताक्षर गरे । सम्झौतापछि उपकप्तान मल्लले ट्वीस्टरका किट्सहरु काठमाडौँ क्रिकेट ट्रेनिङ सेन्टरमा पाउने जानकारी दिए ।
ज्ञानेन्द्रले गत शनिबारबाट सुरु भएको एभरेस्ट प्रिमिएर लिगका खेलको क्रममा ट्वीस्टरको ब्याट प्रयोग गर्न थालेपनि सम्झौता भने बिहिबार भएको हो । ट्वीस्टरले यसअघि भारतको यु–१९ तथा प्रथम श्रेणीका खेलाडीहरुलाई प्रायोजन गरेको थियो । ट्वीस्टरले पहिलोपटक अन्तर्राष्ट्रिय खेलाडीलाई प्रायोजन गरेको हो । ट्वीस्टर भारतीय क्रिकेट सामाग्री निर्माता कम्पनी अक्सर इण्डस्ट्रिजले सन् २०१४ देखी निर्माण गर्न थालेको हो ।

December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]