default_image

7 years ago

December 13, 2018

रोमान्चक बन्दै ईपीएल, सबै टोलीको प्लेअफ आशा जिवितै

144 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – अपराजित भैरहवा ग्ल्याडीयटर्स र ललितपुर प्याट्रीयट्स लगातार तीन जित दर्ता गर्दै तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को प्लेअफमा प्रवेश गरेका छन् । समुह चरणका ९ खेल सकिँदा यी दुईसँगै अन्य चार टोलीको पनि प्लेअफ पुग्ने सम्भावना जिवितै छ ।

विराटनगर वारीयर्स, काठमाडौं किंग्स इलेभान, चितवन टाइगर्स र पोखरा राइनोज मध्य दुई टोलीले प्ले अफमा स्थान बनाउने छन् । ईपीएलमा समुह चरणका ६ खेल बाँकी छँदा चितवन र पोखराको भने प्लेअफ पुग्ने सम्भावना कमजोर छ । ६ खेलको नतिजाले प्लेअफ पुग्ने दौडमा बाँकी चार टोलीको भविष्य निर्धारण हुने छ । दुई टोली प्ले अफमा पुग्दा अन्य दुई टोली समुह चरणबाटै घर फर्किने छन् ।

प्लेअफ दौडमा रहेका टोलीमध्य काठमाडौंले ३ खेल खेल्न बाँकी छ भने अन्य तीनै टोलीले समान दुई खेल खेल्न बाँकी छ । चितवन र पोखराले जितको खाता खोल्न सकेका छैनन् । तैपनि दुवै टोली लगातार जित दर्ता गरेर समिकरण मिलेको खण्डमा अर्को चरण पुग्न सक्छन् ।

हेर्नुहोस्, कुन टोली कसरी पुग्न सक्छन् त प्ले अफमा :

विराटनगर वारीयर्स

विराटनगर वारीयर्स

पारस खड्का कप्तान रहेको वारीयर्स गत संस्करणको च्याम्यिन टोली हो । यस पटक विराटनगरको प्रर्दशन सन्तोषजनक रहन सकेको छैन । उपाधिको प्रमुख दावेदार मानिएको विराटनगर जारी ईपीएलमा ३ खेलमा दुईमा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ । यद्यपी विराटनगरको प्ले अफ सम्भावना अन्य तीन टोली भन्दा उच्च रहेको छ ।

कप्तान पारस खड्का स्वयंले यसपटक ब्याटिङ चल्न नसकेको स्वीकारेका छन् । बाबर हायातको आगमनले टोलीको ब्याटिङमा केहि मजबुती पुग्ने अपेक्षा गर्न सकिन्छ । विराटनगरले अब चितवन र काठमाडौंसँग खेल्न बाँकी छ । यी दुई मध्य एक खेलमा जित निकाल्न सके विराटनगर ६ अंकका साथ सोझै प्लेअफमा स्थान बनाउने छ । दुवै खेलमा पराजित भएको अवस्थामा विराटनगरको भविष्य रनरेटले निर्धारण गर्नेछ ।

विराटनगरले पहिलो खेलमा ललितपुरमाथि ३ विकेटको संघर्षपूर्ण जित निकाल्दा दोस्रो खेलमा पोखरालाई सुपर ओभरमा हराएको थियो । उक्त खेलमा विराटनगरले ८५ रन पनि पछ्याउन सकेको थिएन । तेस्रो खेलमा भने विराटनगर  भैरहवासँग ४ विकेटले पराजित हुन पुग्यो ।

काठमाडौं किंग्स इलाभेन

काठमाडौं किंग्स एलेभेन

२ खेलमा समान एकमा जित हारका २ अंक जोड्दै काठमाडौं चौथो स्थानमा छ । काठमाडौंले पोखरा, विराटनगर र भैरहवासँग खेल्न बाँकी छ । यी तीन खेल मध्य दुई खेलमा जित निकाले काठमाडौं सोझै प्लेअफमा पुग्दै उपाधि होड कायम राख्नेछ । चितवन र पोखरा एक-एक खेलमा पराजित भए र यता काठमाडौंले तीन मध्य एक खेलमा जित निकाल्दा पनि प्ले अफमा आफ्नो स्थान सुरक्षित गर्नेछ ।

काठमाडौं बाँकी तीनै खेलमा पराजित भए ईपीएलमा अघिल्लो चरणको ढोका बन्द हुने छ । तीन मध्य एक खेलमा जित निकाल्न सके पनि नेट रनरेटका आधारका काठमाडौं अघिल्लो चरणमा प्रवेश गर्न सक्ने देखिन्छ । पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको काठमाडौंले दोस्रो खेलमा ललितपुरसँग १० विकेटको फराकिलो हार खान पुगेको थियो । १० विकेटको फराकिालो हारले काठमाडौंलाई नेट नरेटमा ठूलो धक्का लागेको छ ।

चितवन टाइगर्स

चितवन टाइगर्स

पछिल्लो संस्करण सेलाएको टाइगर्स यस पटक पनि गर्जन सकेन । गत वर्ष पुछारमा रहेर समुह चरणबाटै घर फर्किएको चितवन यस पटक त्यहि पथमा अघि बढेको छ । प्ले अफको झिनो अंक गणितीय आसा रहेको चितवनले बाँकी दुई खेलमा जादुमय प्रर्दशन गर्न सके र विराटनगर र काठमाडौंको नतिजा आफु अनुकुल आउन सके अघिल्लो चरण प्रवेश गर्न सक्छ ।

दुवै खेलमा झिनो अन्तरले जित निकाले प्ले अफको लागि पर्याप्त हुने छैन । अघिल्लो चरणको यात्रा तय गर्न चितवनले बाँकी दुई खेलमा चमत्कार प्रर्दशन गर्नैपर्छ । साथै अन्य टोलीको नतिजा आफु अनुकुल आए नेट रन रेटमा चितवनको भविष्य चम्किन सक्छ । चितवन पोखरा र विराटनगरसँग खेल्न बाँकी रहेको छ ।

पहिलो खेलमा ललितपुसँग ११ रनले पराजित भएको चितवन दोस्रो खेलमा काठमाडौंसँग ६ विकेट र भैरहवासँग १२ रनले पराजित भएको थियो ।

पोखरा राइनोज

पहिलो खेलमा २ सय १६ रन भैरहवासँग बचाउन नसक्नु पोखराको लागि दुर्भाग्य रहयो । पोखराको प्ले अफको झिनो अंकगणीतिय संभावना रहेको छ । पोखराले चितवन र काठमाडौंसँग खेल्न बाँकी रहेको छ । यी दुवै खेलमा स्पष्ट फराकिलो जित निकाल्न सके, काठमाडौं र विराटनगरको नजिता आफु अनुकुल आउन सके अघिल्लो चरणको झिनो अंकगाणीतिय आसा कायमै देखिन्छ ।

पोखरा पहिलो खेलमा भैरहवासँग ६ विकेट ,विराटनगरसँग सुपर ओभरमा ७ रन र ललितपुरसँग ८ विकेटले पराजित भएको थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.