default_image

7 years ago

December 14, 2018

चितवन र पोखरालाई ‘गर वा मर’ को अवस्था

147 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संकरणको टिभीएस एभरेष्ट पिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदैछ । पहिलो खेलमा विराटनगर वारीयर्सले चितवन टाइगर्सको सामना गर्ने छ । दोस्रो खेलमा पोखरा राइनोजले काठमाडौँ किंग्स इलाभेनसँग खेल्ने छ ।

चितवन टाइगर्स

आजको खेलमा चितवन र पोखरा पराजित भए काठमाडौं र विराटनर सोझैप्ले अफमा पुग्ने छन् । ललितपुर प्याट्रीयट्स एक र भैरहवा ग्ल्याडीयर्स दुई खेल अगावै प्ले अफमा पुगिसकेका छन् । आजको पहिलो खेलमा पारस खड्का कप्तान रहेको विराटनगरले चितवनसँग खेल्ने छ । खेल ९ बजेबाट सुरु हुने छ । उपाधिको प्रमुख दावेदार मानिएको विराटनगर जारी ईपीएलमा ३ खेलमा दुईमा जित र १ मा हार सहित ४ अंकका साथ तेस्रो स्थानमा रहेको छ । विराटनगरको प्ले अफ सम्भावना अन्य तीन टोली भन्दा उच्च रहेको छ ।

कप्तान पारस खड्का स्वयंले यसपटक ब्याटिङ चल्न नसकेको स्वीकारेका छन् । बाबर हायातको आगमनले टोलीको ब्याटिङमा केहि मजबुती पुग्ने अपेक्षा गर्न सकिन्छ । विराटनगरका दुबै जित संघर्षपूर्ण रहेका छन् । पहिलो खेलमा ललितपुरले दिएको १ सय ५ रनको लक्ष्य अन्तिम ओभरमा ७ विकेटको क्षतिमा पुरा गरेको थियो ।

त्यस्तै पोखराले दिएको ८५ रन भेट्टाउन नसक्दा खेल सुपर ओभरमा धकलिएको थियो । विराटनगर सुपर ओभरमा विजयी भयो । पछिल्लो खेलमा विराटनगर भैरहवासँग ४ विकेटले पराजित भएको थियो । आजको खेलमा विराटनगर विजयी भए प्ले अफमा पुग्ने छ । समुह चरणको अन्तिम खेल विराटनगरले सोमबार काठमाडौंसँग खेल्ने छ ।

चितवनले आज जित निकाल्न सके अंक गणितीय झिनो आसा जिवीतै राख्ने छ । पराजित भएमा चितवनको यात्रा समूहचरणमा नै सकिने प्रबल सम्भावना छ । पछिल्लो संस्करण सेलाएको टाइगर्स यस पटक पनि गर्जन सकेन । चितवन पहिलो खेलमा ललितपुसँग ११ रन,दोस्रो खेलमा काठमाडौंसँग ६ विकेट र भैरहवासँग १२ रनले पराजित भएको थियो । चितवनले अन्तिम खेल शनिबार पोखरासँग खेल्ने छ ।

त्यस्तै आजको दोस्रो खेलमा पोखराले काठमाडौंको सामना गर्ने छ । खेल १ बजेबाट सुरु हुने छ । आजको खेलमा पोखरा पराजित भए लगातार चार खेलमा हारका साथ समुह चरणबाटै घर फर्किने छ । अघिल्लो चरणको सम्भावना बलियो बनाउन काठमाडौंलाई आजको खेल जित्नै पर्ने दवाव रहेको छ । २ खेलमा समान एकमा जित हारका २ अंक जोड्दै काठमाडौं चौथो स्थानमा छ ।

पहिलो खेलमा चितवनलाई ६ विकेटले हराएको काठमाडौंले दोस्रो खेलमा ललितपुरसँग १० विकेटको फराकिलो हार खान पुगेको थियो । १० विकेटको फराकिालो हारले काठमाडौंलाई नेट नरेटमा ठूलो धक्का लागेको छ । रोहन मुस्ताफाको आगमनसँगै काठमाडौँ झनै बलियो देखिएको छ । आजको खेल सहित अन्य एक खेलमा जित निकाल्न सके काठमाडौं प्ले अफमा पुग्ने छ ।

काठमाडौं किंग्स एलेभेन

प्ले अफमा पुग्ने झिनो आसा बाँकी रहेको पोखराले आजको खेलमा फराकिलो जित निकाल्ल सके अघिल्लो चरणको आसा कायमै रहने छ । आजको खेल सहित शनिबार चितवनलाई फराकिलो अन्तरले हराउन सके र विराटनगरको नजिता आफु अनुकुल आउन सके अघिल्लो चरणको झिनो अंकगाणीतिय संभावना देखिन्छ । पोखरा पहिलो खेलमा भैरहवासँग ६ विकेट, विराटनगरसँग सुपर ओभरमा र ललितपुरसँग ८ विकेटले पराजित भएको थियो ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.