7 years ago
December 14, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) ११ औँ खेलमा पोखरा राइनोजले काठमाडौं किंग्स इलाभेनलाई १ सय रनको लक्ष्य दिएको छ ।

पल कोग्लिन, पोखरा राइनोज
टीयू अन्तर्राष्टिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ६५ रन बनायो । पोखराका ओपनर रिचार्ड लेभी र कप्तान काइल कोट्जरले ३.४ ओभरमा ४३ रनको साझेदारी गर्दै पोखरालाई राम्रो सुरुवात दिलाए । रोहन मुस्तफाले लेभीलाई बोल्ड आउट ओपनिङ पाट्नरशिप तोडे । लेभीले २१ बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३८ रन बनाए ।
विक्रम भुषालले अमर सिंह राउटेलाको हातबाट क्याच गराउँदै सुनिल धमलालाई ९ मा आउट गरे । विक्रम भुषालले नै १३ औं ओभरको पहिलो बलमा कोट्जरलाई सिद्धान्त लोहनीको हातमा क्याच थमाउँदै ३७ रनमा आउट गरेपछि काठमाडौं खेलमा फर्किन खोजेको थियो । कोट्जरले २५ बलमा ६ चौका प्रहार गरे ।

काठमाडौं किंग्स ११
त्यस्तै हार्ड हिटर बिनोद भण्डारीलाई सांसद शेखले १५.४ ओभरका बोल्ड आउट गर्दिएपछि काठमाडौं खेलमा फर्किएको थियो । भण्डारीले ११ बलमा २ छक्का प्रहार गर्दै १७ रन बनाए । पाँचौ विकेटका रुपमा राजेश पुलामी मगर ९ रनमा आउट भए । विशाल लक्ष्य तर्फ अघि बढेको पोखरालाई ब्राइनले १९ औं ओभरको चौथो बलमा राजेश र पाँचौ बलमा कोग्लिनलाई आउट गरेपछि ठूलो स्कार बनाउन चुकेको हो । कोग्लिनले ३८ बलमा समान एक चौका र छक्का प्रहार गर्दै ३७ रन बनाए । त्यस्तै बिपिन खत्री र बिक्रम शोब समान ३ रनमा नट आउट रहे ।
काठमाडौंका लागि बिक्रम भुषाल र केभिन ओ,ब्राइनले समान दुई विकेट लिदा सांसद शेख, रोहन मुस्तफाले पनि समान एक विकेट आफ्नो नाममा लेखाए । आजको खेलमा पोखरा पराजित भए समुह चरणबाटै घर फर्किने पहिलो टिम बन्ने छ । जित निकाल्न सके अघिल्लो चरणको आसा कायमै राख्ने छ । आजको खेलमा विजयी भए काठमाडौंको अघिल्लो चरण बलियो र सहज हुने छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]