default_image

7 years ago

December 14, 2018

दोस्रो टेस्टमा भारतविरुद्ध अष्ट्रेलियाको औसत सुरुवात

140 views

0 Bookmark

एजेन्सी – भारतसँगको दोस्रो टेस्टमा घरेलु टोली अष्ट्रेलियाले पहिलो दिनको खेल सकिदा मध्यम सुरुवात गरेको छ । पर्थमा टस जितेर शुक्रबार पहिला ब्याटिङ थालेको अष्ट्रेलिया पहिलो दिनको खेल सकिदा ९० ओभरमा २ सय ७७ रन बनाउन ६ विकेट गुमाएको छ ।

मार्कस ह्यारिस, अष्ट्रेलिया

अष्ट्रेलियाका लागि प्याट कमिन्स ११ र कप्तान टिम पेन १६ रनमा नट आउट रहेका छन् । घरेलु टोली अष्ट्रेलियालाई ओपनर आरोन फिन्च र मार्कुस हृयारिसले १ सय १२ रनको शतकीय साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । पहिलो विकेटको रुपमा आउट भएका फिन्चले १ सय ५ बलमा ६ चौका प्रहार गर्दै ५० रन बनाए ।

कुनै समय ११२-१ (३५.२ ओभर) को स्थितिमा रहेको अष्ट्रेलिया ५४.१ ओभरमा १४८-४ को अवस्थामा पुगेको थियो । हृयारिसले १ सय ४१ बलमा १० चौका प्रहार गर्दै ७० रनमा आउट भए । पाँचौ विकेटका लागि ट्रभिस हेड र शन मार्शले ८४ रनको महत्वपूर्ण साझेदारी गर्दै ७८ ओभरमा २३२ रनको बलियो अवस्थामा पुर्याए ।

शन मार्शले ९८ बलमा ६ चौका प्रहार गर्दै ४५ रन बनाए ।त्यस्तै पिटर हृयान्डस्कोम्ब ७ र उस्मान खवाजा ५ रन बनाए । हेडले ८० बलमा ६ चौका प्रहार गर्दै ५८ रन बनाइ आउट भए । भारतका लागि हनुमा विहारीले र ईशान्त शमाले समान दुइ विकेट लिदा, जसप्रित बुमराह र उमेश यादवले पनि समान एक विकेट लिए ।

४ टेस्टको श्रृंखलामा पहिलो टेस्ट ३१ रनले पराजित भएको घरेलु टोली अष्ट्रेलियालाई दोस्रो टेस्ट जित्नै पर्ने दबाब रहेको छ ।

December 11, 2025

लुम्बिनी एनपिएलको फाइनलमा, विराटनगर ९४ रनमा अलआउट

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको‌ यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]

December 11, 2025

विराटनगरलाई लुम्बिनीको सामान्य लक्ष्य

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]

December 11, 2025

विराटनगरले पहिला फिल्डिङ गर्ने

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]

Success

Thank you for your time.