7 years ago
December 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो संस्करणको टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा आज दुई खेल हुँदै छन् । दुई खेल मध्य पोखरा राइनोज र भैरहवा ग्ल्याडीयटर्सलाई आजको खेलमा खासै दबाब हुने छैन ।

काठमाडौं किंग्स एलेभेन
चितवन टाइगर्स र काठमाडौं किंग्स इलाभनेलाई आजको खेल गर वा मर सरह हुने छ । पहिलो खेलमा भैरहवा ग्ल्याडीयटर्ससँग काठमाडौं किग्स इलाभेन खेल्ने छ । खेल ९ बजेबाट सुरु हुने छ । भैरहवा लगातार तीन खेलमा जित निकाल्दै प्ले अफमा पुगिसकेको छ । शीर्षस्थानमा रहेर प्ले अफमा पुग्नको लागि भैरहवालाई आजको खेल जित्नु पर्ने हुन्छ । भारतीय ब्याट्सम्यान रविइन्दर सिंह, युएईका तीब्र गतिका बलर मोहम्मद नविद, नेदरल्यान्डका रायन टेन डेस्काटे भैरहवाका मुख्य हतियार साथै जारी प्रतियोगितामा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी हुन् ।
यता ३ खेलमा दुईमा जित र १ मा हार ब्योहोरेको काठमाडौं प्ले फमा एक खेल अगावै आफ्नो स्थान सुरक्षित गर्न आजको खेलमा जित निकाल्न चाहान्छ । पराजित भए विराटनगरसँगको खेल निर्णायक हुने छ । पहिलो खेलमा चितवनलाई ६ विकेटले पराजित गरेको काठमाडौं दोस्रो खेलमा ललितपुरसँग १० विकेटको फराकिलो हार पुग्यो । तेस्रो खेलमा पोखरालाई ५ विकेटले पराजित गर्दै अघिल्लो चरण बलियो बनाएको हो । यूएईका कप्तान रोहन मुस्तफा, आयरल्यान्डका अलराउण्डर केभिन ओ ब्राइन, भारतीय प्रदीप साहु र आनन्द काठमाडौंका मुख्य खेलाडी हुन् । सोमपाल घाईते भएको कारण कप्तानी रोहन मुस्ताफाले गर्ने छन् ।

चितवन टाइगर्स
त्यस्तै दोस्रो खेलमा चितवन टाइगर्स र पोखरा राइनोजबीचको खेल हुने छ । खेल एक बजेपछि सुरु हुने छ । आजको खेलमा जित्न सके साथै काठमाडौं र विराटनगरको नतिजा आफु अनुकुल आउन सके नेट रनरेटमा चितवनको भाग्य चम्किन सक्छ । चितवन पराजित भए उता विराटनगर र काठमाडौं सोझै प्ले अफमा पुग्ने छन् । पहिलो खेलमा ललितपुसँग ११ रनले पराजित भएको चितवन दोस्रो खेलमा काठमाडौंसँग ६ विकेट र भैरहवासँग १२ रनले पराजित भएको थियो ।
चौथो खेलमा शुक्रबार विराटनगरलाई ५ रनले हराउँदै चितवनले प्ले अफको झिनो अंक गणितीय आसा कायमै राखेको हो । पोखरामाथि फराकिलो जित निकाल्न सके र उता काठमाडौंले विराटनगरलाई फराकिलो रनले हराउन सके चितवन प्ले अफमा पुग्न सक्छ । यहि आसाका साथ चितवन मैदान प्रवेश गर्ने छ । इंग्ल्यान्डका जोन सिम्पसन, जर्ज स्कट र आयरल्यान्डका ओपनर पाउल स्टरलिङ जारी प्रतियोगितमा चितवनबाट उत्कृष्ट प्रर्दशन गर्ने खेलाडी हुन् । यी खेलाडीको प्रर्दशननै चितवनको हार र जितको निर्धारण हुने छ ।
यता लगातार ४ खेलमा जित बिहीन पोखराको लागि आजको खेल प्रतिष्ठाको लडाइ मात्र हुने छ । दक्षिण अफ्रिकी खेलाडी रिचार्ड लेभी, स्कटल्यान्डका काइल कोट्जर र इंग्ल्यान्डका पाउल कोग्लिनले हरेक खेलमा राम्रो प्रर्दशन गरि रहेका छन् । तर अन्य खेलाडी चन्दा नसक्दा पोखरा प्ले अफको यात्रा तय गर्न सकेन । पोखरा पहिलो खेलमा भैरहवासँग ६, विराटनगरसँग सुपर ओभरमा, ललितपुरसँग ८ र काठमाडौंसँग ५ विकेटले पराजित हुदैं समुह चरणबाटै बाहिरीने पहिलो टिम बनि सकेको छ । स्कटल्यान्डका कप्तान काइल कोट्जर, दक्षिण अफ्रीकाका ओपनर रिचार्ड लेभी र इंग्ल्यान्डका पाउल कोग्लिन पोखराका मुख्य हतियार हुन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]