7 years ago
December 15, 2018
काठमाडौं (हाम्रो खेलकुद) – भारतीय ब्याट्सम्यान रविइन्दर सिंहले उत्कृष्ट अर्ध शतक प्रहार गरेपछि तेस्रो संस्करणको टीभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) को १२ औं खेलमा भैरहवा ग्ल्याडीयटर्सले काठमाडौं किंग्स इलाभेनलाई १ सय ५० रनको लक्ष्य दिएको छ ।

शनिबार टियू क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको भैरहवाले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ४९ रन बनाउन सक्यो । भैरहवाका लागि रविइन्दर सिंह र कप्तान शरद भेषवाकले उत्कृष्ट ब्याटिङ गरे । रविले ६१ बलमा ६ चौका र ४ छक्का प्रहार गर्दै ८६ रनमा नट आउट रहे । त्यस्तै कप्तान शरद भेषवाकरले ३१ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै ३९ रनमा आउट भए ।
भैरहवाको सुरुवात भने राम्रो हुन सकेन । पहिलो ओभरको चौथो बलमा ओपनर प्रदीप ऐरीलाई जितेन्द्र मुखियाले प्रदीप साहुको हातबाट क्याच गराउदै खाता सम्म खोल्न दिएनन् । दोस्रो ओभरको पाँचौं बलमा केभिन ओ ब्राइनले सांसद शेखको हातबाट क्याच गराउदै अर्का ओपनर हरि शंकर शाहलाई ४ रनमा आउट गरेपछि भैरहवा सूरुवातमा नै दवाव परेको थियो । तेस्रो विकेटका लागि रायन टेन डेस्काटे र रविइन्दर सिंहले ३२ रनको साझेदारी गर्दै भैरहवाको दबाब केहि कम गरे ।
प्रदीप साहुले नवौं ओभरको चौथो बलमा डेस्काटेलाई १२ रनमा एलबीडब्लू आउट गर्दै साझेदारी तोडे र पुन दवावमा राखे । चौथो विकेटका लागि कप्तान शरद भेषवाकर र रविइन्दर सिंहले १ सय ९ रनको शतकीय साझेदारी गर्दै भैरहवालाई प्रतिस्पर्धात्मक योगफल सम्म पुयाए । पहिलो १० ओभरमा ३ विकेटको क्षतिमा ४६ रन मात्र बनाउन सकेको भैरहवाले यी दुई जोडीको उत्कृष्ट ब्याटिङमा पछिल्लो १० ओभरमा १ विकेटको क्षतिमा १ सय ३ रन बनाउन सक्यो । शरदलाई अन्तिम बलमा जितेन्द्र मुखियाले बोल्ड आउट गरे ।
काठमाडौंका लागि जितेन्द्र मुखिया २, केभिन ओ ब्राइन,र प्रदीप साहुले समान एक विकेट लिए । आजको खेलमा विजयी भए काठमाडौं एक खेल अगावै प्ले अफमा पुग्ने छ । भैरहवा यस अघिनै प्ले अफमा पुगि सकेको छ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले फेरि एकपटक बलिङमा उच्च प्रदर्शन गर्दै नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा प्रवेश गरेको छ। क्वालिफायर ‘टु’मा आज विराटनगर किङ्सलाई ४० रनले हराउँदै लुम्बिनी अन्तिम दुईमा पुगेको हो। जारी लिगमा लुम्बिनीको यो लगातार पाँचौं जित हो।१ सय ३५ रनको लक्ष्य पछ्याएको विराटनगर १७.५ ओभरमा ९४ रनमा अलआउट भयो । रुबेन […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी लायन्सले नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टुमा विराटनगर किङ्स लाई विरुद्ध ठूलो स्कोर बनाउन सकेन । पावर प्लेमा १ विकेटको नोक्सानीमा ४४ रन जोडेको लुम्बिनीले त्यसलाई ठूलो योगफलमा परिणत गर्न असफल भयो। लुम्बिनीले ८ विकेट गुमाएर १ सय ३४ रन रनको सामान्य स्कोर बनाएको छ। दिनेश अधिकारीले दोस्रो ओभरको अन्तिम […]
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाल प्रिमियर लिग (एनपिएल) को क्वालिफायर टु आज हुँदैछ। विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच फाइनल प्रवेशका लागि एकअर्काको सामना गर्नेछन् । विराटनगरका कप्तान सन्दीप लामिछाने टस जितेर फिल्डिङ रोजेको छ। अब रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनीले पहिला ब्याटिङ गर्नेछ। विराटनगरले अघिल्लो खेलका २ जना परिवर्तन गरेको छ। सूर्य तामाङ र नारायण जोशीको […]